सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु, तीन बेपत्ता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २, आईतवार ०८:३२

काठमाडौं । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । 

जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।

आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो । दुर्घटनामा घाइते भएका चालकसहित चारजनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *