सरकारले एनप्याब्सनलाई निलम्बन गर्‍यो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १३, शुक्रबार १५:५३

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ।

मन्त्रालयका अनुसार संगठनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको पाइएको छ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ साल मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशनअनुसार कार्यान्वयन भएको नदेखिएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गरिएको जनाएको हो।

मन्त्रालयले निलम्बनसम्बन्धी निर्णयबारे सम्बन्धित सबै पक्षलाई जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *