|
२०८३ कार्तिक १७, मंगलवार ११:०४
काठमाडौं । तिहार तथा दीपावली पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले फूल तथा फूलमाला बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल, फूलमाला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न व्यवसायी तथा व्यापारीलाई आग्रह गरेको छ।
काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत महानगर प्रहरी बलले सूचना जारी गर्दै स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।
महानगरले तिहारका अवसरमा प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरण नगर्न/नगराउन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ।
सूचनामा प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने व्यवस्था रहेको उल्लेख छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्