नुवाकोट सुर्यगढीका दोर्जे तामाङ कांग्रेस नियमितकाे जनसम्पर्क समिति मकाउको संयोजकमा मनाेनित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १८, बुधबार ११:२२

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाका दोर्जे तामाङ नेपाली जनसम्पर्क समिति मकाउको संयोजकमा मनाेनित हुनुभएको छ। लामो समयदेखि मकाउमा व्यवसाय गर्दै आउनुभएका तामाङ प्रवासमा रहेर पनि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।

विगत २३ वर्षदेखि मकाउमा व्यवसाय गर्दै आउनुभएका तामाङ लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ। कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महतसँग निकट रहेर काम गर्नुभएका उहाँ पछिल्लो समय कांग्रेस नेता डा. प्रकाशशरण महतसँग नजिक रहेर पार्टी गतिविधिमा सक्रिय हुनुहुन्छ।

प्रवासमा रहेका नेपालीहरूको समस्या, हकहित र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएका तामाङ पार्टी संगठनप्रति समर्पित र क्रियाशील नेताका रूपमा परिचित हुनुहुन्छ। नेपाली कांग्रेसका हरेक निर्वाचनका बेला प्रवासबाट स्वदेश फर्किएर युवा परिचालन तथा पार्टीको पक्षमा चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

पार्टीको हित र संगठन सुदृढीकरणका लागि निःस्वार्थ रूपमा योगदान गर्दै आउनुभएका तामाङ नेपाली कांग्रेसको नियमित महाधिवेशनको पक्षमा उभिँदै आउनुभएको छ।

संयोजकको जिम्मेवारी प्राप्त गरेसँगै उहाँले जनसम्पर्क समिति मकाउको अधिवेशन सम्पन्न गराउने तथा प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्तालाई एकताबद्ध गर्दै संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने जिम्मेवारी पाउनुभएको छ।

प्रवासमा रहेर पनि मातृभूमि, पार्टी र नेपाली समुदायप्रतिको जिम्मेवारीलाई निरन्तरता दिँदै आउनुभएका दोर्जे तामाङको नयाँ जिम्मेवारीले जनसम्पर्क समिति मकाउको संगठन विस्तार र सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *