बेलकाेटगढी । बेलकोटगढी नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षामा बेलकोट स्वास्थ्य चौकी प्रथम भएको छ। त्यस्तै, श्री कल्याणीदेवी माध्यमिक विद्यालयकी विद्यालय नर्स पारु श्रेष्ठ उत्कृष्ट विद्यालय नर्स घोषित भएकी छन्।
बेलकोटगढी नगरपालिका स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा २०८३ साल कार्तिक १७ र १८ गते सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूले सञ्चालन गरेका विभिन्न स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, सेवा प्रवाह तथा कार्यसम्पादनको समीक्षा एवं मूल्याङ्कन गरिएको थियो।
मूल्याङ्कनका आधारमा बेलकोट स्वास्थ्य चौकीले प्रथम, मदानपुर स्वास्थ्य चौकीले द्वितीय र कुमरी स्वास्थ्य चौकीले तृतीय स्थान हासिल गरेका छन्।
त्यसैगरी, विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालय नर्सका रूपमा श्री कल्याणीदेवी माध्यमिक विद्यालयकी पारु श्रेष्ठ (Best Performer Among School Health Nurse) घोषित भएकी हुन्।
साे अवसरमा नगरपालिका उपमेयर शिव प्रसाद दाहालले उत्कृष्ट स्वास्थ चाैकी तथा विद्यालय नर्सलाइ सम्मान गर्नुभएको थियाे । सरकारले विगतमा एक गाउँ पालिका एक स्वास्थ चाैकीकाे अवधारणा ल्याएको थियाेद। साेही अनुसार नगरपालिका बनेका ५ स्वास्थ चाैकी र साविक दुई पिपलमा दुई पिपलमा दुई स्वास चाैकी रहेका छन् ।
उत्कृष्ट कार्यसम्पादन गर्दै स्थान हासिल गर्न सफल स्वास्थ्य संस्था तथा विद्यालय नर्स श्रेष्ठलाई नगरपालिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यसैबिच विद्यालयका प्रधानाध्यापक बुद्वि प्रसाद पुडासैनीले पनि विद्यालय नर्सबाट उत्कृष्ट कार्यसम्पादन भएकोमा खुशी ब्यक्त गर्दै उत्कृष्ट नर्स श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको छ । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी तथा शिक्षकाे स्वास्थ्य सुरक्षका लागि विद्यालय नर्सकाे व्यवस्था गर्दै आएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्