कांग्रेस नियमित पक्षको काभ्रे सभापतिमा रमेशप्रसाद हुमागाईं निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २०, शुक्रबार १८:५२

काभ्रे। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत नियमित पक्षको काभ्रे जिल्ला अधिवेशनबाट रमेशप्रसाद हुमागाईं जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीहरूलाई समेत सर्वसम्मत चयन गरेको हो।


निर्वाचित कार्यसमितिको उपसभापतिमा कमल तामाङ र बद्रीप्रसाद खकुरेल चयन भएका छन्। त्यस्तै, सचिवमा सन्तोष गौतम र श्रीराम थापा तथा सहसचिवमा उज्ज्वल प्रधान र जितमान सिंह तामाङ निर्वाचित भएका छन्।


अधिवेशनअघि कांग्रेस नेता तथा कार्यकर्ताहरूले र्‍याली निकालेका थिए। र्‍यालीमा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
अधिवेशनलाई कांग्रेस नेता प्रकाशमान सिंह, डा. प्रकाशशरण महत र शिव हुमागाईलगायतका नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले पार्टीको संगठन, समसामयिक राजनीतिक अवस्था तथा आगामी राजनीतिक दिशाबारे धारणा राखेका थिए।

सहसचिवकाे प्रमाणपत्र लिदै कांग्रेस नेता जितमान सिंह तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *