|
२०८३ बैशाख २६, शनिबार ०४:२३
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फबाट निर्वाचित आफ्ना सांसदहरूका लागि आजदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
पार्टीको प्रशिक्षण विभागका प्रमुख विपिनकुमार आचार्यका अनुसार सांसदहरूलाई संसदीय भूमिका, समसामयिक विषय र पार्टीगत कार्यशैलीबारे अभिमुखीकरण गरिनेछ ।
प्रशिक्षण कार्यक्रम आज र भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
रास्वपाले कार्यक्रममा सबै प्रतिनिधिसभा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्