


फाइल तस्बिर
२० असार, काठमाडौं । पार्टी गठन भएको दुई वर्ष पनि नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी ,रास्वपा, भित्रको विवाद चुलिएको छ । विशेष गरेर पार्टी अध्यक्ष रवि लामिछाने र महामन्त्री मुलुक ढकालबीचको विवाद केन्द्रीय समितिको बैठकमा नै देखिएको छ । बैठकमा महामन्त्री ढकालले आफ्नो प्रतिवेदन पेश गर्न नपाएको भन्दै माक्स लगाएको मुखमा पेट टाँसेर विरोध जनाउनु भएको थियो ।
उहाको उक्त क्रियाकलाप पार्टीको हित विपरित,गैर राजनीतिक चरित्र भएको भन्दै ढकाललाई कारबाही गरेको छ । बुधबार मध्यराति पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । उता ढकालले भने आफुले विरोध जनाएपछि सामाजिक सञ्जालमार्फत यस्तो लेखेका छन् । ढकालले लेखेका छन् ,
२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ , उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए । पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ । प्रचण्डसँग सहमति गरेर आइसकेपछी, मलाई सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे , मेरो कर्तव्य हो , र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ । तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने , त्यहि बोलिदिए । सोचे , कुर्सीको न्यानोले छोपेको , गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ , सचेत गराउनपर्छ । मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ , नेता मात्र त चङ्गुलमा फँसे । विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो । पद गौण हो , जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले । सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले , मिडियाबाजी गर्न बाध्य भए । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन् , पार्टी बिग्रिसक्यो , सुधार्दैनन् । जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाहि भएको छ । बालहठ जस्तो होस् , अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए । प्रतिवेदन सार्वजनिक भएपछी पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।
अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर । अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केहि परिचालित व्यक्तिहरू छन् , पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा ूप्रमाण सहितू यो , त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो , मिडिया क्षेत्रको हेडमास्टर हो म । सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने ूलाइ डिटेक्सन टेस्टू दिन पनि तयार छु । पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले , हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु । त्यसपछी , पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ , कहाँ मैले कार्वाहि गरेको , सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाहि गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ । फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको । उनले भनेका छन् ।