

काठमाडौँ । नेपाली कांग्रेससँगको सत्ता समिकरणमा सहमति गरेसँगै नेपाल कम्युनिष्ट पार्टी एमाले ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको बताएको छ । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मतलिने कार्यक्रम रहेको छ । २८ गतेपछि कुनै अर्को राजनीतिक घटनाक्रम विकसित नभए कांग्रेस र एमालेको सरकार बन्ने निश्चित रहेको छ ।