
महादेवफाँट । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु मध्ये अधिकांशको विज्ञान विषय पढ्ने रहर जागेको हुन्छ । धेरै विद्यार्थीले आफ्नो त्यो रहरसँगै परिवारको आर्थिक अवस्थाका कारण पूरा गर्न सकिरहेका हुँदैनन् र छैनन् पनि । हुने खाने र राजधानीसँग पहुँच भएकाहरुलाई त सजिलै यो सुविधा प्राप्त भएपनि गाउँघरबाट उत्कृष्ट अंक ल्याउने सबै सफल विद्यार्थीहरुले सहजै यो सुविधा पाउँदैनन् ।


बेलकोटगढी नगरपालिकाका मेयर जगत गुरुड.ले उक्त विद्यालयमा विज्ञान कक्षाको लागि नगरपालिकाबाट सबै सहयोग प्रदान गरिने विश्वस व्यक्त गर्नुभएको छ । उहाले भन्नुभयो, हामी विज्ञान विषयको कक्षाका लागि कुनै कमजोरी हुन दिँदैनौं ।
तर यस पटक भने नुवाकोट जिल्लाको एक सामुदायिक विद्यालयले अत्यन्त न्यून शुल्कमा यस वर्षबाट कक्षा ११ मा विज्ञान विषयको कक्षा सञ्चालन गर्ने भएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकास्थित वडा नं ७ महादेवफाँटमा रहेको पुरानो सामुदायिक विद्यालय महादेव माध्यमिक विद्यालयले यस वर्षबाट कक्षा ११ मा विज्ञान विषयको कक्षा सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाले जन्माएको सन्तान हो त्यसको, पालन पोषण गर्ने कुरामा कुनै कमजोरी हुँदैन ः उपमेयर शिवप्रसाद दाहाल
विगत वर्षहरुमा व्यवस्थापन र शिक्षासास्त्र संकायमा मात्रै अध्यापन गराउँदै आएको विद्यालयले यस वर्षबाट बेलकोटगढी नगरपालिकबाट अनुमति पाएसँगै कक्षा ११ मा विज्ञान विषयमा पनि अध्यापन गराउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराम नेपालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

वडा अध्यक्ष भुवनेश्वर नेपालले पनि विद्यालयबाट सञ्चालन हुने विज्ञान विषयलाई जिल्लाकै उत्कृष्ट बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाले भन्नुभयो, हामी यहाँबाट निस्कने विद्यार्थीलाई उत्कृष्ट बनाउन चाहान्छौं ।

हामीले विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी कोष समेत खडा गरेका छौं । यस्तै अक्षयकोष पनि स्थापना भएको छ, यि सबैको उदेश्य भनको विद्यार्थीको हितका लागि हो । भाइराम नेपाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष
विद्यालयले विज्ञान विषयको कक्षा सञ्चालनका लागि बेलकोटगढी नगरपालिबाट पनि अनुमति प्राप्त गरिसकेको र नगरपालिकाको सहयोगबाट कक्षा सञ्चालनको तयारी गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । विद्यालयले यसका लागि सबै संरचनाहरु निर्माण गरिसकेको छ ।

सर्वसुलभ मूल्यमा विज्ञान विषयको सबै सुविधासहित विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा अध्ययन गराउँछौं ? प्रधानाध्यपाक, उपेन्द्र महतो
विज्ञान विषयका लागि चाहिने भौतिक पूर्वाधारसहित ल्याब,सहित विषयगत रुपमा छुट्टाछुटै प्रयोगशाला पनि तयारी अवस्थामा राखेको छ । विज्ञान विषय अन्र्तरगत बायोलोजी फिजिक्स र केमिष्ट् लागि छुट्टाछुट्टै प्रयोगशालाहरुको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले जानकारी दिनुभयो ।
साथै टाढा टाढाबाट आउने विद्यार्थीहरुका लागि आवासको समेत व्यवस्था गरिएको छ । ३६ कोटा भएको आवास भवनमा झण्डै ७५ जना विद्यार्थी छात्रबासमा नै बसेर पढ्न पाउँने छन् । विद्यार्थीहरुका लागि बसको व्यवस्था पनि रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त बस र भारतीय सरकारबाट अर्को बस सहयोगका लागि आग्रह गरिएको छ ।उक्त बस विद्यालयले सञ्चालन गर्दै आइरहेको छ । प्रधानाध्यपक महतोले दक्ष र अनुभवी शिक्षकहरुको व्यवस्थासहित ,इ, लाइब्रेरी, उयपुक्त खेलमैदान, फ्रि वाइफाई,सुविधासम्पन्न चमेनागृह, र कम्प्युटर ल्याबको सुविधा रहेको बताउनुभयो ।

गल्छी , त्रिशुली सडकखण्डबाट एकसय मिटर भित्र रहेकाले भौगोलिक हिसाबले पनि विद्यार्थीलाई उपयुक्त हुने भएकाले पनि विज्ञान विषय पढ्नका लागि महादेव मावि विद्यार्थीको रोजाईमा पर्ने विश्वास विद्यालयले लिएको छ । सस्तो र सरल सुविधासहित राजधानीमा नाम चलेका नीजि कलेजले दिने भन्दा बढि भौतिक पूवाधार र प्रयोगशालाको सुविधासहित विद्यालयले सञ्चालन गर्न लागेको कक्षाका लागि आम रुपमा निकै चासोकासाथ हेरिएको छ ।

विद्यालयले मासिक रुपमा दुई हजार रुपयाँमा अन्य शुल्क नलाग्ने गरि ,फि, समेत निर्धारण गरेको छ । तर बसको सुविधा लिनेहरुले पनि केही रकम बस भाडा तिर्नुपर्ने बताइएको छ । स्मरणीय छ, नुवाकोट जिल्लामा सामुदायिक विद्यालयले विज्ञान विषय सञ्चालन गर्न लागेको यो दोस्रो विद्यालय हो, पहिलोमा विज्ञान कक्षा सञ्चालन गर्ने त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय रहेको छ । नुवाकोट जिल्लाको नै उत्कृष्ट विद्यालयमा रुपमा रहेको महादेव माविले पछिल्ला वर्षहरुमा आफूलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्दै आएको छ । विद्यार्थीहरुका लागि सुविधा सम्पन्न भौतिक संरचनादेखि प्रयाप्त खेल मैदान, विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकहरुको विद्यालयप्रति लगाव, विद्यालय व्यवस्थापन समितिको विद्यालय बनाउँने पर्ने दृढ संकल्पका कारण महादेव माविले पछिल्ला वर्षहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिरहेको विद्यालयका एक अभिभवाकले नुवाकोट पुकरललाई बताउनुभयो ।

२०१८ सालमा सामान्य रुपमा सञ्चालन सुरु भएको विद्यालयले आफ्नो ६५ वर्षे यात्रामा हजारौं दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । बेलकोटगढी नगरपालिका ,विदुर नगरपालिका, तारकेश्वर नगरपालिकासहित धादिड.को गल्छी गाउँपालिकाका विद्यार्थीहरुका लागि समेत पायक पर्ने स्थानमा रहेकाले पनि विद्यालयले विज्ञान विषयको अनुमति पाएको छ । विद्यालयको उक्त अभियानका लागि नगरपालिकाले पनि सहयोगको प्रतिवद्धता जनाएको छ । बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुड.ले उक्त विद्यालयमा विज्ञान कक्षाको लागि नगरपालिकाबाट सबै सहयोग प्रदान गरिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, हामी विज्ञान विषयको कक्षाका लागि कुनै मजोरी हुन दिँदैनौं .
बेलकोटगढी नगरपालिकाले शिक्षा समितिबाट अनुमति दिएको भन्दै आफूले जन्माएको सन्तान भएकाले त्यसको पालन पोषण गर्ने कुरामा कुनै कमजोरी नहुने प्रतिवद्धता व्यक्त गरेको छ ।

नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले महादेव मावि जिल्लाको एक महत्वपूर्ण विद्यालय रहेको र नगरपालिकाले उपयुक्त ठानेर अनुमति दिएको भन्दै नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधामा कुनै कन्जुस्याँई नहुने बताउन्भयो ।
वडा अध्यक्ष भुवनेश्वर नेपालले पनि विद्यालयबाट सञ्चालन हुने विज्ञान विषयलाई जिल्लाकै उत्कृष्ट बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाले भन्नुभयो, हामी यहाँबाट निस्कने विद्यार्थीलाई उत्कृष्ट बनाउन चाहान्छौं ।
नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले महादेव मावि जिल्लाको एक महत्वपूर्ण विद्यालय रहेको र नगरपालिकाले उपयुक्त ठानेर अनुमति दिएको भन्दै नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधामा कुनै कन्जुस्याँई नहुने बताउनुभयो । बेलकोटगढी नगरपालिकासँगै विद्यालयको यो प्रयासबाट विद्यार्थीहरुले सस्तो र सुविधासम्पन्न रुपमा विज्ञान विषय पढ्न पाउनु सिंगो समाजका लागि शुखद पक्षको हो । यसका लागि बेलकोटगढी नगरपालिका ,विद्यालय प्रधानाध्यापक, व्यवस्थापन समिति र सिंगो समाज धन्यवादको पात्र बनेका छन् ।


