

विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । आज विद्यालय प्रांगणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शिविरको औपचारिक सुरुवात गरिएको हो ।
असार २३ गतेबाट आजबाट सुरु भएको शिविर असार २६ गतेसम्म सञ्चालन हुने छ । शिविरमा निःशुल्क रुपमा स्वास्थ्य तथा दन्त सेवा प्राप्त गर्न सकिने क्षेत्रपाल माध्यमिक विद्यालयले जनाएको छ ।
असार २३ गतेबाट आजबाट सुरु भएको शिविर असार २६ गतेसम्म सञ्चालन हुने छ । शिविरमा निःशुल्क रुपमा स्वास्थ्य तथा दन्त सेवा प्राप्त गर्न सकिने क्षेत्रपाल माध्यमिक विद्यालयले जनाएको छ । शिविरमा ताइपेई मेडिकल युनिर्भसिर्टिबाट आएका चिकित्सकहरुले स्वास्थ्य जाँच गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले दिनुभएको जानकारी अनुसार ताइपेई मेडिकल युनिर्भसिर्टि र जोय फाउन्डेसन काठमाडौंको प्राविधिक सहयोग तथा लिखु गाउँपालिका, क्षेत्रपाल माध्यमिक विद्यालय र क्षेत्रपाल अलम्नाई एसोसिएसनको समन्वयमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा लिख गाउँपालिका वरपरका विद्यालय तथा स्थानीय बालबालिकाहरुको सहभागिता रहेको जनाइएको छ । आज पहिलो दिन नै एकसय भन्दा बढि विद्याथीहरुले सेवा लिएको विद्यालयका प्रधानाध्यापक सुवेदीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

नुवाकोट जिल्लाको पुरानो विद्यालय क्षेत्रपाल मा.वि. पछिल्लो समय उत्कृष्ट विद्यालयको स्थापित भएको छ । ऊ विद्यालय नमुना विद्यालय समेत रहेको छ । विद्यालयमा पाँच सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।