


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) नयाँ सरकार गठनका लागि आह्रवान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्हरुसँग छलफल गर्नुभएको थियो । ।
संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६(२) बमोजिमकै सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
संविधानको धारा ७६ को २मामा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।सो धारा अनुसार नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी ओलीलार्य प्रधानमन्त्री बनाउने सहमति भैसकेको छ । सो सहमति अनुसार कांग्रेस र एमालेले हस्ताक्षर समेत गरिसकेका छन् ।
