
काठमाडौँ, असार ३१ गते। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ।सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय
त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो। साथै पार्टी केन्द्रीय कार्यालय च्यासल पनि पुग्नुभएको थियो।
प्रधानमन्त्रीसहित सबै मन्त्रीले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।