
धादिड.। रामनाथ अधिकारी, नेपाली कांग्रेस धादिङका सभापति , जो राजनीतिप्रति अत्यन्त इमान्दार, निष्ठावान र प्रतिवद्ध नेता पनि, उहाँको यो निष्ठा, इमान्दारिता र सघर्षलाई नेपाली कांग्रेसले पुरस्कृत गरेको छ । भन्नेहरुले त भन्ने गरेका छन्, राजनीति सत्ताका लागि होइन, तर सत्ता विनाको राजनीतिले एक्काइसौं शताब्दीमा केही पनि दिन सक्दैन,यस अर्थमा अधिकारीको पक्षमा न्याय भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट सिंगो धादिङ जिल्लाले पहिलोपटक क्याबिनेट सदस्य पाएको छ । अन्य दलहरु एमाले हाल समाजवादीका नेता राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, पञ्चयताका बुद्धिमान तामाड., माओवादीबाट कल्पना धमला मन्त्री बनिसकेका छन्। पछिल्लो पटक बागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जम्कटेलले पनि अवसर पाउनु भएको छ, तर कांग्रेसबाट धादिड. जिल्लाले क्याबिनेटस्तरको मन्त्री पाएको यो पहिलो पटक हो ।
यसअघि दिलमान पाख्रिन कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री भएका थिए कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाकै निकट मानिने अधिकारी २०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्नु भएको थियो । उहाँ यसअघि दुई पटकसम्म जिल्ला सभापति बन्ने अवसर पाउनु भएको थियो । लगातार २ पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उहाले एक कार्यकाल सभापति छाड्नु भएको थियो । २०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित हुनुभएका अधिकारी २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट पाउन बञ्चित हुनुभयो ।
२०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित भएका थिए । यसपटक भने अधिकारीले टिकट पाएर जित्न सफल हुनुभयो । कांग्रेसमा संस्थापन पक्षइतर मानिने अधिकारी अहिले शेखर–गगन समूह निकट रहँदै आउनु भएको छ । कोइरालाकै सिफारिसमा अधिकारीले यसपटक मन्त्री बन्ने अवसर पाउनु भएको छ । धादिङ जिल्ला कांग्रेसका लागि पनि एक महत्वपूर्ण जिल्ला हो, राजधानीसँग नजिक रहेको जिल्ला भएर पनि एउटा राष्ट्यिस्तरकोनेता भएन भन्ने चर्चा पनि थियो । तर यो पटक कांग्रेसबाट उक्त जिल्लाका लागि न्याय भएको छ । धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रामनाथ अधिकारी कृषि तथा पशुपन्छी मन्त्री बन्न सफल हुनुभएको छ ।
२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिनु भएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति पनि हुनुहुन्छ । पार्टीको मूल राजनीतिबाटै उदाउनु भएका अधिकारी २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी हुँदै आउनु भएको छ । उहाले पार्टीले दिएको जिम्मेवारी उहाँका लागि मात्रै होइन सिंगो कांग्रेसका लागि एउटा सम्मान हो । उहाँले आफूले पाएको तयो सम्मान र इज्जतलाई निश्चयनै पूरा गर्ने विश्वास गरौँ ।