
नुवाकोट जिल्लाको धार्मिक, ऐतिहासिक,परम्परागत कला संस्कृतिको संरक्षणका लागि सहकार्य गर्न काठमाडौं महानगरपालिकाका मेयर शाहलाई बुँदागत रुपमा तयार पारिएको सहकार्यपत्रको प्रस्ताव हस्तान्तरण गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ,तस्बिर, विदुर नगरपालिका
काठमाडौं । नुवाकोट जिल्लाको धार्मिक तथा ऐतिहासिक स्थलहरको संरक्षणमा काठमाडौं महानगरपालिकाले पनि साथ र सहयोग गर्ने भएको छ ।

विदुर नगरपालिकाभित्र रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रवर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै विदुर नगरपालिका र महानगरपालिका भित्रका सांस्कृतिक सम्पदाहरूको पारस्पारिक सम्बन्धलाई जोड्दै अगाडि लाने विषयमा आज काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भएको छलफलमा मेयर शाहले उक्त प्रतिवद्धता जनाउनु भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

मेयर शाहले नुवाकोट जिल्लाको धार्मिक क्षेत्रहरु, स्वयम्भु चैत्य ,बुद्ध बिहार, उत्तरगयाधाम, ऐतिहासिक नुवाकोट दरबार लगायतका क्षेत्रहरुको संरक्षणमा आफूहरुसँग प्राविधिहरुलाई खटाएर विकास र संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु मेयर मेयर श्रेष्ठले जानकारी दिनुभयो ।
मेयर बोलनसँगको भेटमा राजधानी काठमाडौंसँग जोडिएका धार्मिक परम्परा अनुसारका सिन्धुरे जात्रा लगायतका जात्रा तथा अन्य मेलाहरुको प्रचार प्रसार तथा संरक्षणका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा आफूले कुरा राखेको पनि जानकारी दिनुभयो ।
सो अवसरमा मेयर श्रेष्ठले समग्र नगरभित्र रहेका धार्मिक , ऐतिहासिक, क्षेत्र तथा परम्पराको संरक्षणका लागि सहकार्यको प्रस्तावसहित पत्र समेत हस्तान्तरण गर्नुभएको थियो । विदुर नगरपालिकाका तर्फबाट मेयर श्रेष्ठले नुवाकोट साततले दरबार, भैरवि मन्दिर, त्रिवेनी स्थल जालपा क्षेत्र, जलविहार,डिसिल्ट्याकीं, वेत्रावति उत्तरगया धाम, स्वयम्भु चैत्य लगायतका विभिन्न कला, संस्कृति तथा भौतिक तथा अभौतिक सम्पदाहरूको अवगत गराउदै सोको संरक्षण र प्रचार साथै आधुनिक नेपालको एकीकरण गर्दा पृथ्वी नारायण शाहले प्रयोग गरेको र हाल नेपाली सेनाले प्रयोगमा ल्याएको एकीकरण पथमार्ग गोर्खा दरबार, नुवाकोट दरबार, हनुमानढोका दरबारलाई व्यवस्थित पथमार्गको रूपमा विकसित गर्र्न लगायतका प्रस्ताव पेश गर्नुभएको छ ।
अत्यन्त सौभाद्रताकासाथ भएको भेटमा मेयर शाहबाट सकारात्मक सुझाव तथा सहयोग प्राप्त भएको पनि भेटमा सहभागि विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गणेश नेपालले जानकारी दिनुभयो । नुवाकोट जिल्ला धार्मिक, ऐतिहासिक र पर्यटकीयरुपमा उत्कृष्ट जिल्ला रहेपनि त्यसको प्रचार प्रसार र आवश्यक संरक्षण हुन नसक्दा पछि पर्दै आएको छ । भुकम्पपछि चीन सरकारले पुननिर्माण गर्ने सम्झौता गरेको नुवाकोटकको साततले दरकार अझै पनि उस्तै हालतमा रहेको छ । यस्तै अन्य धार्मिक क्षेत्रहरुको पनि विकासमा सरकारले ध्यान दिएको देखिदैन ।