
विदुर । ककनी गाउपालिका पुर्ब अध्यक्ष तथा माओवादीका नेता मान बहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । गत स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट शानदार मतकासाथ ककनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएका लामालाई आज नेकपा एमालेले सदस्यतासहित स्वागत गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहालाई खादा र मालाले पार्टी प्रवेश गराउनु भएको थियो । सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य केशव पाण्डे, नेता नारायण खतिवडा,प्रदेश सदस्य ठाकुर गजुरेल,विन्दा ढुंगाना,जिल्ला अध्यक्ष बद्री मैनाली,जिल्ला सदस्य विष्णु दाहालसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

लामा द्वन्द्वको समय देखिनै माओवादीमा क्रियाशिल रहँदै आउनु भएको थियो । उहाको थप सक्रियताका कारण ककनीमा माओवादी पहिलो दलको रुपमा स्थापित समेत भएको थियो । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उहा पुन ः गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने प्रयासमा हुनुहुन्थ्यो । तर पार्टीभित्रको आन्तरिक किचलोका कारण आन्तरिक निर्वाचन गरेर नै उहाँलाई उम्मेदवार बन्न रोकिएको थियो ।

उहाँको सट्टा उहाकै नातापर्ने युवा सज्जन तामाड. निर्वाचनमा होमिनु भएको थियो । सज्जजनले पनि निर्वाचन जित्न सफल हुनुभयो । त्यसपछि भने त्यसपछिका दिनमा पार्टीप्रति विस्तारै असन्तुष्ट बन्दै आउनु भएका लामा केही समयदेखि राजनीतिमा निश्क्रिय हुनुहुन्थ्यो । तर नेकपा एमालेको प्रयासकाबीच उहाँ पुन ः एमालेको राजनीतिमा सक्रिय हुनुहुने भएको छ .