
फाइल तस्बिर

काठमाण्डौ । उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको पत्र सार्वजनिक भएसँगै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।
उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएको थियो । उहाँले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर लेख्नुभएको पत्र केही दिनअघि मात्र सार्वजनिक भएको हो । उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालिएको बताउदै आउनु भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको बताउनुभएको छ । उपसभाुमख रानाले विवादित पत्रबारे हिजो प्रष्टीकरण दिँदै उहाँले आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गर्नुभएको छ ।
रास्वपाबाट समानुपातिक सांसद हुँदै उपसभामुख बन्नु भएकी रानाको विगत भने म्यानपावर सञ्चालकका रुपमा रहेको छ । यस विषयमा रास्वपाले भने कुनै प्रतिक्रिया जनाईसकेको छैन । यसअघि रास्वपाका अध्यक्षरवि लामिछाने, सहमाहामन्त्रीडिपी अर्याल लगायतका नेताहरुको नाम पनि सहकारी ठगिमा मुछिदै आएको छ । रास्वपा एमाले र माओवादीको गठबन्धन टुटेसँगै प्रतिपक्षी बेञ्चमा पुगेको छ ।