

काठमाडौं। कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।
यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बनेपछि पद रिक्त थियो। माओवादीसँगको सत्तागठबन्धन त्यागेर कांग्रेससँग नयाँ गठबन्धन गरी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेसँगै लेखक गृहमन्त्रीमा नियुक्त हुनुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । घिमिरे सभापति देउवा पक्षका नेता हुनुहुन्छ । कांग्रेसका पुराना नेता घिमिरे पार्टीका सालिन नेता हुनुहुन्छ ।