

काठमाडौं। नेपाल सरकारको सबैभन्दा माथिले प्रशासनिक निकायमा महिला नेतृत्व पुगेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त गरेको छ । उनी नेपालमा पहिलो मुख्य सचिव बन्न सफल भएकी छिन् ।
वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवकै नियुक्ति दिएको हो। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।