
विदुर । मुख्यमन्त्री बहादुरसिंह लामालाई नुवाकोटमा भव्य रुपमाले स्वागत गरिएको छ । नुवाकोट जिल्लाबाट मुख्यमन्त्री बन्न सफल भएको भन्दै गृह जिल्लामा उहाँलाई नेपाली कांग्रेससहित विभिन्न संघ संस्थाले स्वागत तथा सम्मान गरेका छन् । मुख्यमन्त्री लामा मुख्यमन्त्री भएसँगै पहिलो पटक आफ्नो जिल्ला आउँदा उहाँको पार्टी नेपाली कांग्रेसले भव्य रुपमा स्वागत गरेको छ । पार्टी कार्यालय विदुरमा आयोजित कार्यक्रममा पार्टीका विभिन्न तहले बाजागाजासहित माला, खादा लगाएर भव्य रुपमा स्वागत गरेका थिए। कांग्रेस क्षेत्र नं २ को प्रदेश क र ख को आयोजनामा भएको कार्यक्रममा उहाँलाई भव्य रुपमा स्वागत गरिएको थियो ।

सो स्वागत समारोहमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिा रहेको थियो । यसअघि विदुर नगरपालिकामा मेयर राजन श्रेष्ठले आफ्नै निवासमा स्वागत गर्नुभएको थियो . मेयर श्रेष्ठकी पत्नीले सगुनसहित स्वागत गरेकी थिईन ।सो अवसरमा स्वास्थ्य मन्त्री किरण थापालाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
कोल्पुटारमा नेपाली नेता कार्यकर्ताले दुबोको माला लगाएर स्वागत गरेका थिए । कोल्पुटारमा बेलकोटगढी वडा नं ५ का वडा अध्यक्ष तथा कांग्रेस क्षेत्र नं २ को प्रदेश ख का उपसभापति मदन भुजेल, कांग्रेस नेता अर्जुन नेपाल, अर्जुन दाहाल, उत्तर रिमाललगायतले स्वागत गरेका थिए ।
यस्तै जिल्ला समन्वय समितिले पनि आफ्नै कार्यलयमा लामाको स्वागत गरेका छ । समन्वय प्रमुख रजिन्द्रविक्रम ठकुरीसहितले स्वागत गरेका थिए ।

नुवाकोट जिल्लाको प्रदेश ख बाट लामा प्रदेसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । कांग्रेस बागतमी प्रदेश संसदीय दलको नेता रहनु भएका लमा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । उहाँ विगतमा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो


