
सांकेतिक ,फाइल तस्बिर
काठमाडौँ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोजनाएको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
गए राति पनि विभागले एक सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो ।