

अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमपछि कार्यक्रमको आयोजक नागरिक समाजका नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीसहित सहकारीका सञ्चालक तथा प्रतिनिधिहरु सामूहिक तस्बिर खिचाउँदै ः तस्बिर नुवाकोट पुकार डटकम
विदुर । नुवाकोट जिल्ला भित्र रहेका सहकारीहरुको वर्तमान अवस्थामा विषयमा एक दिने प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
विभिन्न सामाजिक सरोकारक समसया र समाधानका विषयमा सक्रियता देखाउँदै आएको नागरिक समाज नुवाकोटको आयोजना शनिबार जिल्ला सदरमुकाम विदुरमा भएको कार्यक्रममा नुवाकोट जिल्ला भित्रका २१ ओटा सहकारीको सहभागिता रहेको थियो ।
नुवाकोट जिल्ला भित्र रहेका सहकारी तथा वित्ति संस्थाहरुको वर्तमान अवस्थाका समस्या र त्यसको समाधान, विषय एक दिने अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले सहकारीप्रति आम रुपमा देखिएको नकारात्मक धारणामा परिवर्तन आउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उद्घाटन गर्नुभएको कार्यक्रममा सहकारीका विषयमा अनुभव प्राप्त व्यक्तिको रुपमा सहकराीका सञ्चालक राजकुमार आचार्यले सहकारीले वर्तमान अवस्थामा सहकरीहरुले भोगिरहेको समसया र त्यसको समाधानका उपायका विषयमा प्रशिक्षणसहित आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले सहककारीले व्यवसाय भन्दा पनि आम शेयर सदस्यहरुलाई लाभ पुग्ने ढंगले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सहकारीले गाउँ गाउँमा रहेका साना तिना व्यवसायदेखि घर व्यवहार चलाउन समेत सहज रुपमा ऋण प्रवाह गरेर सहयोग गर्दै आइरहेको भन्दै यसका समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभयो प्रजिअ अधिकारीले सरकारले सहकारीको समसया समाधान गर्नका लागि आयोग समेत गठन गरेको भन्दै छिट्टै समस्याको समाधान निश्कने विश्वास पनि व्यक्त गर्नुभयो ।
सो अन्र्तरक्रिया कार्यक्रममा सहभागि भएका सहकारी सञ्चालकहरुले पछिल्लो समय सहकारीका विषयमा आएका नकारात्मक धारणाका कारण गाउँ जिल्ला र गाउँमा रहेर राम्रो काम गरिरहेका सहकरीहरु अप्ठेरोमा परेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष ब्रदी त्रिपाठीले कार्यक्रमका विषयमा प्रष्ट पार्नुभएको थियो भने नागरिक समाजका उपाध्यक्ष बसन्त रिजालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापति त्रिपाठीले नेपाल सरकारले समेत अबलम्बन गरेको चार खम्मे अर्थनीति अन्र्तरगत सहकारी एक खम्बा रहेकाले यसका समस्याहरुको छिटो भन्दा छिटो सम्बोधन गरेर अर्थतन्त्रलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
पछिल्लो तथ्याड.क अनुसार नुवाकोट जिल्लामा झण्डै तीनसय सहकरारीहरु सञ्चालनमा रहेका छन् । सबैभन्दा धेरै विदुर नगरपालिकामा एकसय भन्दा बढिको संख्यामा सहकारीहरु सञ्चालनमा रहेका छन् । यस्तै बेलकोटगढीमा पनि ५० भन्दा बढि सहकारी सञ्चालनमा रहेको देखिएका छ ।
१२ पालिका रहेको नुवाकोटका सबै पालिकामा सहकारीहर सञ्चालनमा रहेका छन् । त्रिशुलीमा रहेको त्रिशुली बचत तथा ऋण सहकारी संस्था र गोसाईकुण्ड सहरकारीले भने आफ्ना शाखा समेत सञ्चालन गर्दै आएका छन् । मुलुकका ठुला सहकारीहरुले सर्वसाधारणको रकम अपचलन गर्दै ठगी गरेको भन्दै उजूरी परेको भएपनि नुवाकोटमा भने सहकारीबाट ठगिएको उजूरी भने परेका छैनन् ।