

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन २२ र २३ गते अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले आज एक सार्वजनिक सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाबाट साउन २१ गते आज जारी गरिएको मनसुन विशेष बुलेटिन अनुसार २०८१ सान २२ देखि २३ गते सम्म अति भारी बर्षाको सम्भावना रहेकोले वर्षातका कारण बाढी पहिलो, हिडडुल गर्दा खोलानाला बढ्न सक्ने भएकाले आवश्यक सर्तकता अपनाउनहुन अनुरोध गर्नुभएको छ ।
पूर्वानुमान महाशाखाबाटजारी गरिएको बुलेटिनमा बागमती प्रदेश अन्तरगत नुवाकोट र रसुवा जिल्लालाई उच्च जोखिममा राखिएको छ । यस्तै दोलखा ,धादिड. र चितवन पनि उच्च जोखिममा परेका छन् ।


