
काठमाडौँ — नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

शिवपुरी शिवपुरीस्थित ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएकाले. त्यहाँ स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिएनुभयो । उहाँले नुवाकोट पुकारलाई दिनुभएको जानकारी अनुसार केही शवहरु देखिएको सूचना समेत आएको छ । सो घनासँगै प्रहरी उक्त क्षेत्रमा जान लागेको बताइएको छ ।
राजधानीबाट प्राप्त सूचना अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।उक्त हेलिकप्टर काठमाडौंबाट रसुवा जाँदै गरेको बताइएको छ ।
चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।