
सांकेतिक ,फाइल तस्बिर
काठमाण्डौ – आज दिउँसो पनि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम,कोशी र मधेस प्रदेशका धेरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको आजको बुलेटिन अनुसार आज पनि बाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पनि पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको पनि महाशाखाले जनाएको छ ।