Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्. सडकको ठेक्काको प्राविधिक विषय स्वीकृत,अब थप प्रक्रिया अघि बढ्ने

नुवाकोट पुकार २५ श्रावण २०८१, शुक्रबार ०९:५०

केही दिनअघि भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसँग मन्त्रालयलमा भेटगरेर गंगटे–लब्धु–समुन्द्राटार– गोल्फुभन्ज्याङ् सडक ठेक्काको थप प्रक्रिया अघि बढाउन माग गर्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, साथमा पौतिर्क पूर्वाभार मन्त्री दाहालसहित मन्त्रालयका सचिव गोपाल सिग्देल, सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, सो अवसरमा कांग्रेसका ५० भन्दा बढि नेता कार्यकर्ता मन्त्रालयमा पुगेका थिए । तस्बिर, फाइल

विदुर । नुवाकोट जिल्लाको दोस्रो महत्वपूर्ण सडक गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्. सडकको ठेक्का प्रक्रियाको प्राविधिक विषय स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै बिहीबार उक्त सडकको थप प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महले केही दिन अघि भौतिक पूवार्धार मन्त्री देवेन्द्र दाहाललाई मन्त्रालयमा भेटेर उक्त सडक आयोजनाका विषयमा ध्यानाकर्षण गराएसँगै मन्त्री दाहालले उक्त योजना अघि बढाउने निर्णय गर्नुभएको हो । डा. महतको नेतृत्वको गाउँपालिका अध्यक्षहरुसहितको टोलीले केही दिनअघि मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

मध्यपहाडी लोकमार्गसँग जोडिएको उक्त सडक आयोजना नुवाकोट जिल्लाको तादी, दुप्चेश्वर,सुर्यगढीहुँदै सिन्धुपाल्चोको मेलम्चीसम्म पुग्नेछ । गगटेबाट गोल्भन्ज्याड।सम्म ६७ किलोमिटर रहेको छ । नौ मिटर चौडाइको उक्त सडक खन्ने, पुल बनाउने काम समेत सम्पन्न भैसकेको छ । अर्थमन्त्रालयले उक्त सडक स्तरोन्त्तरीसहित कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा बहुवर्षीय योजनाका लागि भन्दै सुरुमा ३० करोड बजेटको व्यवस्था गरिएको थियो । उक्त सडकको प्राविधिक सर्वेक्षणपछि कुल लागत १ अर्ब २० करोडको हुने भएपछि अर्थ मन्त्रालयले सोही बराबरको रकम स्रोत सुनिश्चित गरेको थियो । अर्थमन्त्रालयले २०८० मंसिर १८ गते राष्ट्यि योजना आयोगलाई पत्र लेखे १ अर्ब २० करोडको स्रोत सुनिश्चितता भएको पत्र पठाएको थियो । मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै उक्त सडक बहुवर्षीय योजनाका रुपमा ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

सडक निर्माणका लागि डिभिजन सडक कार्यालय नुवाकोटल २०८० साल चैत्र १० अनलाइन मार्फत सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ठेक्का प्रक्रियालाई लागि डिभिजन सडक कार्यालय नुवाकोटले प्राविधिक विषयका सधै काम पूरा गरेर सडक विभागलाई पत्र लेखेको थियो । तर विभागमा पुगेपछि उक्त पत्रको जवाफ नआउँदा आर्थिक रुपमा ठेक्का प्रक्रिया अघि बढाउन बढ्न सकेको थिएन ।

माओवादी र कांग्रेस गठबन्धनको सरकारको नेतृत्व परिवर्तन भएसँगै उक्त आयोजनाका विषयमा थप प्रक्रिया रोकिन पुगेको थियो । विभागले ठेक्का प्रक्रियामा सहभागि भएका ठेकेदार कम्पनीहरुमध्ये दुईवटा कम्पनी अख्तियारले छानविनमा दायरमा राखेकाहरुको समेत सहभागिता भएको भन्दै यसको प्रक्रिया रोकेको थियो ।

ठेक्काका सबै प्रक्रिया पूरा गरेर काम अघि बढिसक्कनु पर्ने बेलामा सरकार परिवर्तन भएसँगै उक्त आयोजनाको काम रोकिएको थियो । डा. महतले उक्त आयोजनका विषयमा चासोकासाथ सरकारको ध्यानाकर्षण गराएपछि सडक निर्माणको काम अघि बढ्ने निश्चित भएको छ ।

प्राविधिक विषय स्वीकृत भएसँगै तत्कालिन सरकारकाबाट भएको निर्णय अनुसार नै अघि बढ्ने बताइएको छ । नुवाकोट जिल्लाको लाइफलाइनका रुपमा रहेको उत्तः सडक निर्माण भएसँगै नुवाकोट जिल्लाको झण्डै ४० प्रतिशत जनता लाभान्तिवत हुनेछन् भने सिन्धुपाल्चोकको केही गापालिकाले पनि यसबाट लाभ लिन सक्नेछन् ।

Continue Reading

Previous: आज नागपञ्चमी, घर-घरमा नागको पूजा गरिँदै
Next: प्युठान को बिजुवारमा प्रभु बैंक को ३१५ औं शाखा सञ्चालनमा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार