Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रेस युनियनले पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने

नुवाकोट पुकार २७ श्रावण २०८१, आईतवार १४:३८

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने भएको छ । साउन २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

युनियनका सचिव दिलीप पौडेलले बैठकपछि जारी गर्नुभएको विज्ञप्ति अनुसार नेपाल पत्रकार महासंघको निर्वाचनमा देखिएको ढिलाइप्रति नेपाल प्रेस युनियनको गम्भीर चासो रहेको र सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।

यस्तै प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई सबै आस्था र विचार राख्ने व्यावसायिक पत्रकारहरूको छाता संस्थाका रूपमै अघि बढाउनुपर्छ भन्ने मूल्य, मान्यतालाई आत्मसात गर्दै सबै क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्न आवश्यक पहलकदमी लिने निर्णय गरिएको छ ।

बैठकले नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाई पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न तथा प्रेस युनियनमा नयाँ पत्रकारलाई आबद्ध गराउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र युनियनका शाखाहरूलाई परिचालन गरी २०८१ सालमा ‘पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


बैठकले प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको युनियनको ठहर गर्दै राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण गर्दा ‘वर्ग’ घटाएर सार्वजनिक गरेको नतिजाका त्रुटि सच्याई आवश्यक प्रक्रिया पु¥याएर न्यायोचित रूपमा पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई हार्दिक आग्रह गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा चासो लिएको छ भने सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, सुविधा वृद्धि गर्न, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Continue Reading

Previous: दुप्चेश्वरका युवाहरु अन्य पार्टी छाडेर कांग्रेसमा प्रवेश
Next: ,आगो लगाउने नेतृत्व होइन, आगो निभाउने, नेतृत्व आजको आवश्यकता : कांग्रेस नेता केसी

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार