Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मनुराज, अधिराज र प्रिजाको नाममा म्याप फाउन्डेसन नेपाल स्थापना गरिँदै

नुवाकोट पुकार २७ श्रावण २०८१, आईतवार १७:३२

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (म्याप फाउन्डेसन नेपाल) स्थापना गरिने भएको छ ।

फाउन्डेसनले अक्षय कोषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएको छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

मृतक आइटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्करक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजको परिवारले जनाएको छ । ‘हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूको सम्झना र योगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूको नाममा फाउन्डेसन स्थापना गर्न लागिएको हो,’ पारिवारिक स्रोतले बतायो ।

त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाको नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पोखरेलले भनिन्, ‘हाम्री छोरीले इमान्दार कर्मचारीको रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकोष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हौँ ।’

चार वर्षे नावालक नाति अधिराजको नाममा अर्यालहरूको थातथलो सप्तरीको बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, ‘पढाइमा तेज मेरो नातिलाई पढाउने मेरो इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हौँ ।’

यसका साथै म्याप फाउन्डेसनको सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सरोकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयोगका लागि अपिल समेत गरेका छन् ।

Continue Reading

Previous: शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँको ऐतिहासिक कारोबार, नेप्से २८ सय ६० विन्दुमा
Next: प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार