

काठमाडौं । नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेशसचिव विदेशसचिव विक्रम मिश्रीले नेपाल आएसँगै राजनीतिक भेटघाटलाई तिब्रता दिनुभएको छ ।
उहाँले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । यसअघि उहाँले प्रधानमन्त्री, परराष्ट् मन्त्रीलाई भेट वार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले सभापति देउवासँग भेटवार्ता गर्नुभएको हो ।
देउवाको निजीनिवास बुढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ। दुईदिने नेपाल भ्रमणका लागि मिश्री आज बिहान काठमाडौं आउनु भएको हो ।