

काठमाडौं । कृषि सामाग्री कम्पनीले ५५ हजार टन रासायनिक मलका लागि बोलपत्रआह्रवान गरेको छ । कम्पनी आज सोमबार सार्जजनिक सूचनामार्फत ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी मलका खरिदका लागि बोलपत्र (टेन्डर) आह्रवान गरेको हो ।
बोलपत्र दाताहरुले सेप्टेम्बर १२ भित्र कम्पनीमा आवेदन दिनुपर्ने सूचनमा उल्लेख गरिएको छ । हाल कम्पनीसँग ४३ हजार २४१ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पनि सूचनामा उललेख गरिएको छ ।
असारे धानका लागि किसानहरुले मल प्रयोग गरिसकेको भएपनि अझै थप मल आवश्यक पर्ने र त्यसपछिका बालीलाई पनि आवश्यक पर्ने भएकाले कम्पनीले मल अरिद गर्न लागेको हो । सरकारले यस वर्ष मलको अभाव हुन नदिने जनाएको भएपनि किसानहरुले सहजै मल पाउन भने सकेका छैनन् ।