Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस केन्द्रीय समिति बैठक : दुई वर्ष अगावै महाधिवेशन सुनिश्चितताको माग

नुवाकोट पुकार ३० श्रावण २०८१, बुधबार ०९:३५ 1 min read

Oplus_0

Oplus_0

विनिता डंगोल
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पार्टीको महाधिवेशनका विषयमा नेताहरुबीच बहस सुरु भएको छ । श्रावण २३ गतेदेखि पार्टी कार्यालयमा सुरु भएको बैठकमा संस्थापनइतर पक्षका नेताहरुले पार्टी विधानमा व्यवस्था भए अनुसार २०८२ सालभित्र महाधिवेशन गर्नुपर्नेमा प्रस्तावकै रुपमा अगाडि बढाएका छन् ।

विशेषगरी संस्थापनइतरपक्ष सभापति शेरबहादुर देउवाले विधानले दिएको एक वर्ष र संविधानले दिएको ६ महिनाको सुविधा प्रयोग गर्ने आशंकामा रहेका छन् । जसले गर्दा उनीहरुले सभापति देउवालाई खबरदारी गर्दै ०८२ भित्रै महाधिवेशनको सुनिश्चितता खोजिरहेका छन् । नेताहरुको प्रश्नमा सभापति देउवाले भने समयमै महाधिवेशन गर्ने भन्दै नेताहरुलाई आश्वस्त पार्दै आउनु भएको छ ।

आइतबारको केन्द्रीय समितिको बैठकमा नेता शेखर कोइरालाले बैठकमा २०८२ मंसिरभित्रमा महाधिवेशन गर्नुपर्ने भए पनि नगर्ने प्रपञ्च हुन थालेको भन्दै प्रश्न उठाउनु भएको थियो । २०८२ मंसिरमै १५औं महाधिवेशन गर्ने सुनिश्चितता यसै केन्द्रीय समिति बैठकले गर्नुपर्ने माग उहाँको भनाई थियो । उहाँको यो भनाईलाई संस्थापनइतर पक्षका नेताहरुले साथ दिँदै आएका छन् ।

पार्टी महामनत्री गगन थापासहितका नेता नेताहरुले महाधिवेशन ४२ मा हुनुपर्नेमा जोड दिएका छन् । महामन्त्री थापाले नुवाकोट पुकारसँग सक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, मैले त पार्टीको महासमिति बैठकमा नै यो प्स्ताव गरिसकेको छु, यसमा तलमाथि गर्ने कुरा नै आउँदैन ।

कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो । चार वर्षमा नियमित महाधिवेशन गर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ । तर परिस्थिति अनुसार सभापतिले १ वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था छ । त्योसँगै अझ अर्को व्यवस्था अनुसार विसम परिस्थिति भन्दै ६ महिना थपिने छ । त्यो सँगै कांग्रेसले अन्य कुनै पार्टीसँग एकता गरेको खण्डमा पुनः एक वर्ष थप गर्न सक्ने संविधानमा नै व्यवस्था छ । जसले गर्दा सभापतिले चाहे चार वर्षमा हुनुपर्ने महाधिवेशन ६ वर्षसम्म पनि लम्ब्याउन सकिने अवस्था रहेको छ ।

१४ औं महाधिवेशन सोही व्यवस्था अनुसार ०७८मा भएको थियो । यस पटक पनि त्यहि अवस्था आउने हो कि भन्ने संसय नेताहरुमा रहेको छ । तर सभापति देउवाको दोस्रो कार्यकाल पनि पूरा हुने भएकाले उहाँको उत्तराधिकारी को हुने भन्ने ठेगान छैन । सभापति देउवा कांग्रेस नेतृत्वमा आफ्नो सम्मान हुनुकासाथै पार्टीमा सहज रुपमा नेतृत्व गर्न सक्ने पात्रलाई नेतृत्व सुम्पने पक्षमा हुनुहुन्छ । कोइराला परिवारबाट आफ ूमा नेतृत्व ल्याउन सफल देउवा अब आफुले छाड्दा पनि सम्मानित पात्रलाई छाड्ने सोचमा हुनुहुन्छ । यद्यपि उहाँले कसैलाई पनि आश्वासन दिनुभएको छैन ।

मुख्यत पाटी सभापतिका लागि शेखर कोइरालाले त्यसको तयारी गरिसक्नु भएको छ । यस्तै गगन थापा पनि सभापतिका लागि तयारी गर्दै हुनुहुन्छ । सशांक कोइराला देउवाको समर्थनमा सभापति बन्ने दौडमा रहनु भएको छ । यो सँगै देउवा पक्षबाट पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमानसिंहको मुख्य दावी रहेको छ । सोही अनुसार नोतहरु आआफ्नो लबिड. गरिरहेका छन् ।

अर्कोतर्फ नेकपा एमालेसँगभएको सहमति अनुसार २०८३ असारमा सरकारको नेतृत्व गर्ने गरी देउवाले महाधिवेशन पछि धकेल्न सक्ने संस्थापन इतर समूहको आशंका छ । यि सबै विषयलाई छाडेर हेर्ने हो भने सभपाति देउवा आफ्नो इतिहासलाई सम्मान गर्ने उत्तराधिकरी तयार नभए केही संस्थापनइतर पक्षले भनेजस्तै सभापति देउवा केही समय महाधिवेशन सर्ने पक्षमा पुग्न सक्ने अनुमान भने गर्न सकिन्छ ।

Continue Reading

Previous: गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई लायन्स क्लबको सहयोग
Next: (सम्पादकीय) किन हुँदै छ नेपाली आकाश असुरक्षित ?

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार