Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गर्ने सरकारको निर्णय

नुवाकोट पुकार ३२ श्रावण २०८१, शुक्रबार १९:४३

काठमाडौँ । काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीबार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी समितिको शुक्रवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई काभा महिला नेसन्स लिग भलिबल टोली नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको राखेपले जनाएको थियो ।

राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार पुरस्कारको सिफारिस गरेको हो । गत साता सम्पन्न काभामा नेपालले रजत पदक प्राप्त गरेको थियो । फाइनलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको थियो ।

काठमाडौँ महानगरपालिकाले बिहीबार टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो । नेपाल भलिबल सङ्घले काभाको टिकट विक्रीबाट सङ्कलित रकम मध्येबाट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

Continue Reading

Previous: इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति दिँदै नेक
Next: खुम्बु बाढीमा परेकाको उद्धारमा सेना र प्रहरी सक्रिय, एक बेपत्ता

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार