Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

खुम्बु बाढीमा परेकाको उद्धारमा सेना र प्रहरी सक्रिय, एक बेपत्ता

नुवाकोट पुकार ३२ श्रावण २०८१, शुक्रबार १९:५४ 1 min read

काठमाडौँ, साउन ३२ गते । सोलुखुम्बुको खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरमा क्षति पुगेको छ ।  बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ नै बगरमा परिणत भएको छ । यस सन्दर्भमा त्यस क्षेत्रको पछिल्लो अवस्थाबारे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) देवी पाण्डे (खत्री) सँग गोरखापत्र अनलाइनले गरेको टेलिफोन वार्ता :

हिमताल वा हिमपहिरो के रहेछ ?

पछिल्लो समय त्यसको अझै पनि यकिन हुन सकेको छैन ।  सुख्खा पहिरोले खोला पुरिएको हो कि भन्ने पनि एउटा अनुमान भएको छ । तीन-चार दिन अगाडि पानी परिरहेको अवस्थामा पानीले हिउँ जमेको हो वा आज दिउँसो धेरै तातो घाम लाग्दा साना–साना हिउँहरु जमेको ठाउँबाट त्यो पग्लेर बगेको हो कि भन्ने अनुमान छ । हिमतालै हो अथवा हिमपहिरो हो, या सुख्खा पहिरो हो अथवा स–साना जमेको हिउँ पग्लेर हो ? त्यसको यथार्थ विवरण हामीले प्राप्त गर्न सकेका छैनौं । 

 कति मानवीय र भौतिक क्षति भयो ?

अहिलेसम्म घर र होटल गरेर १२ वटा पूर्ण क्षति भएका छन् । हिमालय ट्रस्टको एउटा क्लिनिकमा क्षति भएको छ । एउटा विद्यालयमा पूर्ण क्षति भएको छ । सात वटा घर चाहिँ उच्च जोखिममा छन् । एक जना हराएको आशंका गरिएको छ । त्यसैगरी अन्य मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन । त्यहाँ भएका बुढाबुढी, केटाकेटीलाई नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरिसकेको छ । थप कोही छ कि भनेर नेपाल प्रहरी र नेपाली सेनाले खोजिरहेको छ । जनताको बहुमूल्य सम्पत्ति संरक्षण गर्न र सुरक्षित रुपमा ल्याउनका लागि नेपाली सेना र नेपाल प्रहरीले घर-घरमा गएर ल्याएर सम्बन्धित व्यक्तिलाई दिने काम गरिरहेको छ । 

उद्धार र राहतका लागि के प्रयास भए ?

अहिले राहतको कुरो भएन । हामी अहिले उद्धारको काममा छौं । सुरक्षित होटलमा उहाँहरुलाई उद्धार गरिराखेका छौं । त्यो भएन भने राष्ट्रिय निकुञ्जको कार्यालय छ त्यहाँ राख्ने भन्ने छ ।  राहतका लागि उद्धारपछि मात्रै के कति गर्न सकिन्छ भनेर गर्छौं । अर्को कुरा सदरमुकामबाट हिँडेर जाँदा चार, पाँच दिन लाग्ने, धेरै टाढा भएको हुँदा तत्काल राहतका लागि भन्दा उद्धारको काममा लागिरहेका छौं । 

प्रदेश तथा केन्द्र सरकारले सहयोग गरेको छ वा छैन ?

केन्द्रीय सरकार र प्रदेश सरकारले त आवश्यकता अनुसार समन्वय गरिहाल्छ, सहयोग पनि गर्छ । केन्द्रीय सरकार त हामी नै भइहाल्यौं । प्रदेश सरकारसँग पनि समन्वय छ । तत्काल अब उद्धारका लागि यहाँ जे जति जनशक्ति छ खटिन्छ । भोलि केन्द्रीय सरकारबाट पनि रक्षामन्त्रीसहित नेपाली सेनाको टोली राहतको सामाग्रीसहित टोली आउने जानकारी भएको छ । प्रदेशसँग पनि समन्वय गरेपछि सामग्री आउँछ र हामी त्यो वितरण गर्छौं ।

तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने सम्भावना कति छ ?

त्यो हामीले पूर्वानुमान गरेर तल्लो तटीय क्षेत्रका जनतालाई सतर्कता बनाएका थियौं । अहिले  बहाबले अलिअलि कटान गरेको छ । त्यति ठूलो क्षति नहोला भन्ने अपेक्षा छ ।  समाचार तथा तस्बिर गोरखापत्र अनलाईबाट साभार गरिएको हो ।

Continue Reading

Previous: महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गर्ने सरकारको निर्णय
Next: पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार