Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भोलि बेलकोटगढीको दुईपिपल डबलीमा दोहोरी कलाकारसहितको उपस्थितिमा रोपाई जात्रा गरिने

नुवाकोट पुकार ४ भाद्र २०८१, मंगलवार २१:२५

प्रदिप नेपाल

दुईपिपल । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा न ५ ,दुईपिपलका नेवार समुदायले मनाउँदै आएको परम्परागत लाखे जात्राको अन्तिम दिन भोलि भव्य रुपमा मनाइने भएको छ । दुईपिलल लाखे जात्रा संरक्षण समितिले दिएको जानकारी अनुसार भोलि जात्राको अन्तिम दिन हिले जात्राको रुपमा मनाईने छ ।

जात्रामा कलाकाहरुको प्रस्तुतीससिहत रोपाई जात्रा गरिने तयारी गरिएको आयोजकहरुले बताएका छन् । जात्रामा उपस्थित हुने स्थानीयहरुको मनोरञ्जनका लागि वडा नं. ५का जनप्रतिनिधिहरु वडाअध्यक्ष मदन भुजेल कार्यपालिका सदस्य अनुराधा श्रेष्ठ वडा सदस्यहरु गोकर्ण नेपाल, बुद्धिलाल श्रेष्ठ ,निर्मला रोक्काले दोहोरी कलाकारको ब्यवस्थापन गर्ने भएका छन् ।

जात्रामा कलाकारहरु दिल श्रेष्ठ, सिता घिमिरे,सीता सुवेदी,जगत बोगटी,रन्जित कुवर ,हेम मगर लगायतका विभिन्न लोकदोहोरी कलाकारले प्रस्तुती दिनु हुने वडा अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो । उहाँले जात्रालाई थप व्यवस्थित र मनोरञ्जन प्रदान गराउने उदेश्यले समितिको आग्रहमा आफूहरुले व्यक्तिगत रुपमा कलाकार व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो ।

नेवार समुदायले जनैपुर्णिमाको दिनदेखि तीन दिन लगातार डबलीमा जात्रा मनाउने गर्दछन् । पहिलो दिन सामान्य रुपमा लाखे जात्रा मात्र गरिन्छ । भोलिपल्ट अर्थात आज गाई जात्रा मनाइएको छ । गाई जात्राका अवसरमा आफ्ना घरका परिवारको मृत्यु भएको छ भने उनीहरुले गाईलाई खुवाउने चलन छ । यसरी गाईलाई श्रद्धापूर्वक खुवाएको खण्डमा आफ्ना स्वर्गीय भएको पितृको उद्धार हुने मान्यता रहेको छ । यस्तै अन्तिम दिन रोपाई जात्रा गर्दैं तीन दिने जात्राको समापन गरिन्छ ।

रोपाई जात्राको बिहान स्थानीय समाजसेवी तथा बुद्धिजिविहरुलाई हलीका रुपमा निमन्त्रण गर्ने चलन रहेको छ । विगतका वर्षहरुमा जात्राका अवसरमा रमाइलो गर्ने नाममा केही विकृती भित्रिएको भएपनि केही वर्षदेखि भने व्यवस्थित रुपमा जात्राको समायोजन गरिन थालेको छ । जात्रामा दुईपिपलसहित बेलकोटगढीभित्रबाट जात्रा हेर्न आउने गरेका छन् ।

Continue Reading

Previous: यस वर्षको गौरा पर्व भदौ १० गते
Next: प्रकृति र जीवन जिउने तरिका

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार