
सफलता बोगटी

सफलता बोगटी ः लेखिका बोगटी त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा स्नाकोत्तर अध्ययन गर्दैछिन् ।
हजुरआमाहरुले भन्नु हुन्छ स्जेठमा जति बढि कठोर घाम लाग्छ साउनमा त्यति नै भिषण बर्षा हुन्छ । जेठको घाम जति दुखदायि हुन्छ साउनको बर्षा त्यति नै आनन्ददायक हुन्छ । दुखको अनुभुतिबाट मात्र सुखको अनुभुति हुन्छ । मनका बिपरित भावनाहरु भएर नै सामान्य जीन्दगि चलेको हो । दुख नआए सम्म सुख नै आउँदैन । दुखले कष्टसंग जुध्ने क्षमता बढाई दिन्छ ।
पिडालाई शक्तिमा रुपान्तरण गराई दिनुपर्छ । पिडाहरु दीर्घकालिन हुँदै होइनन् । पिडाहरु सिकाइका राम्रा पक्षहरु हुन । पिडाले बाहाना बनाउन होइन ,असली रुपमा सिकाउदछ ।चिलको आयू केवल ३० बर्षको मात्र हुन्छ । तर उ ७० बर्ष सम्म बाँच्छ । जब उ ३० बर्ष पुग्छ तब उसका धारिला नङ्रा र कडा चुच्चोले काम गर्न छाडेका हुन्छन । अब उसंग मृत्यु मात्र बिकल्प रहन्छ । तब उसले आफ्नो पुरानो चुच्चो कडा ढुङगामा बारम्बार ठोक्काउदछ र जरै देखि फुकाल्छ । यसो गर्न उसलाई ५ महिना सम्मको समय लाग्छ । त्यसपछि उसको नयाँ चुच्चाहरु पलाउदछन । यसरी नयाँ चुच्चा र नङ्ग्रा बनाएर उसले फेरी अरु ३०र४० बर्ष सम्म सिकार गरेर बाँच्दछ ।
हावामा एकदमै चञ्चलता थपिएको छ । तिम्रो हाम्रो मनको जस्तै । हामीलाई चाहिने कुरा सुख ,खुशी ज्ञान र आर्शिवाद हुन । दुखमा जिउन सक्नु नै शिक्षा हो । प्रकृतिका अज्ञात शक्तिहरु पत्ता लगाउनु नै आविस्कार हो । समस्याहरुसंग बढि समय बिताए पछि आफै समाधान भेटिन्छ । समस्याहरुलाई साथि बनाउनु पर्छ । संगत गर्नु पर्छ । यसो गर्दा समस्याहरु शत्रु बन्दैनन् ।
समस्याहरुलाई हामी जटिल बनाउछौ तर समस्याहरुलाइ कम्जोर बनाउदै लैजानुपर्छ । नेपाली उखान भुतलाई कमारो बनाउनै पर्छ । समस्याहरुसंग डराउनै हूँदैन । सधैं एक अर्काको बिपरित शक्तिले मात्र बिकास हुन्छ । अध्यारो भएकोले गर्दा नै उज्यालोको अनुभुति भएको हो । समस्याहरु छन र त अवसरहरु पनि छन त । समस्याहरु सङ प्रसन्न बन । समस्याहरुलाई रमाइलो बनाउनु पर्छ । समस्याहरु नै अवसरका साना भाईहरु हुन । तसर्थ उकाली ओराली, तलमाथि,तातो चिसो, दुख सुख, ज्ञान अज्ञान आदीको बारेमा जान्नु नै ज्ञान वा शिक्षा हो ।
जिवन जिउने बिधि र सोचाइले मनलाई अल्मलाउदछ । अरुको कुरा पत्याएर जिवन जिउनु हुदैन आफ्नै पाराले जिउनु पर्छ। आफु भित्रको क्षमताको श्रोत संग नै हामी डरायौ । हामीसंग अपरम्पार शक्ति छ र निरन्तर श्रोत छ । त्यसको सिमितता छैन । हामी भित्रको आगो ज्वाला भएर किन बाहिर निकाल्न सकेनौ । सारै ठुलो प्रेसरको कारणले मात्र हिरा बन्ने हो । हिरा आफैमा ज्वालाबाट ठोस बनेको हो र त्यो सधै टल्कन्छ । तिमी पनि पृथ्वीको जन्मसंगै शुरु भएका हौ नी ।
बिभिन्न स्वरुपमा तिमी पनि पृथ्वी नै हौ ।चार्लि चाप्लिनका बा अति नै रक्सि सेवनका कारण मृत्यु भयो । उनकी आमा ४ छोराछोरी सहित सडक पेटीमा बस्थे । आमासंग बच्चाहरुलाइ खुवाउने केहि कुरा नभएकाले उनि बाटोमा अनेक उट्पटेङ गर्थिन र छोराछोरी त्यो देखेर भोक बिर्सन्थे । उनको उट्पटेङ कला देखेर एउटा भट्टि पसलेले उनलाई मताहहरुलाई उट्पटेङ देखाउने काम दिन्छ ।
एक दिन उट्पटेङ गर्दा गर्दै उनि ढल्छिन र त्यहि मर्छिन । त्यो कुरा त्यहि छेउमा बसेका उनका ११ वर्षिय छोराले देख्छन र उनलाइ पनि आमा कै ठाउँमा काम गर्ने मौका दिइन्छ । ति बालकको दैनिक उट्पटेङलाइ सबैले मन पराउदछन र पछि ति बालक विश्व हास्यका साम्राट चार्लि चाप्लिन बन्छन ।हामी भन्छौ गलत परिवारमा, गरिब देशमा, गरिब ठाउँमा जन्मियौ भनेर वाताबरणलाई दोष लगायौ । स्कुल खराब साथीहरु खराब देश नै खराब छ भन्न सम्म सक्छौ। खाली अरुमा दोष देख्ने खराब मनोबिज्ञान हो ।
तिम्रो सबै कुराको जिम्मेबारी तिमि आफैले लिनुपर्छ । घटनाहरु ब्यबहारहरु तपाइको नियन्त्रण भन्दा बाहिर छन । जिन्दगिमा सघर्ष गर्दा गर्दा स्पात भएको मान्छे । चर्चिलको जस्तो शाहास हामीमा छ तर हामीले हामीले साहास बाहिर निकाल्न जानेनौ अथवा सकेनौ । निकाल्नु पर्छ । त्यो शाहास असफलताहरुबाट प्राप्त शक्ति हो । सानो कुराले तिम्रो शाहास बाहिर निकाल्न सकेका छैनौ । तिमीले आफ्नो मुल्य घटाएका छौ । तिमि आफै बिशाल हाइड्रोजन बम हौ, अरुलाई देखाउदै डराउछन, तिमी बिस्फोट हुन आवश्यक नै छैन । सुलिसबाट खारिएर स्पात बन्नलाई धेरै समय लाग्छ तर स्पात बनि सकेपछि ठुलो काम गर्छ । कसैकसैले शुलिसमा नै जिन्दगि बिताइ दिन्छन ।जिवनमा समस्याहरु सलह जस्तै आउछन ।
जिवनमा मन नलागि नलागि कुनै मान्छे भेट्नु, कुनै काम गर्नु , कुनै खाना खानु आदी पर्छ । उपाय के छ भने दैनिक आफुलाइ मन नपर्ने २ वटा काम गर्नु पर्छ । यसो गर्दा आउने दिनहरुमा समस्याहरुसंग लड्ने क्षमता बढ्छ । नयाँ चुनौतीहरुसंग लड्न सिकाउछ । जीवन कठिन छ ,जीवनमा बिपरित अबस्था सधैं आउछ । बारम्बार कठिनाइहरु आएपछि मान्छेले कठिनाइलाइ मन पराउन थाल्छन । कठिनाइलाइ बारम्बार दोहोराउदा सजिलो हुदै जान्छ । कठिनाइमा नै सिप देखाउनु पर्छ । मलाइ मात्रै यस्तो दुख भन्नु हुदैन, संसार निष्पक्ष कहिल्यै हुदैन । प्रतिकुलतालाइ जित्नै पर्छ ।
फेरि बिपरित सधै रहदैन पनि । भन्नुपर्छ स्कि म जित्छु कि सिक्छु तर म कहिल्यै हार्दिन । जीन्दगिले जन्म पहिलो र यो काम गर्ने दोस्रो मौका दिएको छ । जीन्दगिमा आएका विपरितहरु साच्चैका जीवनका अर्थपुर्ण सिकाइहरु छन ।
सबैजनासंग थोरै छ । थोरैलाइ गरिबी भन्नु हुदैन । सालाखाला कहिल्यै हुदैन । धेरै खोज्ने चाहि गरिब हो । थोरै हुनेसंग हाइ सञ्चो हुन्छ । गरिब बस्तिमा लेखिएको हुन्छ स्वागतम । धनिका घरमा बोर्डमा लेखिएको हुन्छ कुकुर देखि साबधान । धनि मान्छे खराब भएकाले तिनका कुकुर पनि खराब नै हुन्छन । तर गरिबका कुकुरहरु मानव प्रेमी हुन्छन । जोसंग बिशाल ह्रदय छ त्यो नै संसारको धनि मान्छे हो नकि धनले धनि मान्छे ।