Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राजनीतिमा परिवर्तन हुन नसकेका युवा पुस्ता ः सञ्जिव गुरुड.

नुवाकोट पुकार ५ भाद्र २०८१, बुधबार १०:२२

सञ्जिव गुरुड., लेखकः नुवाकोट सिक्रेका गुरुड. नेपाल तरुण दलका केन्द्रीय सदस्य हुनुहुन्छ ।

आजसम्म पनि उही पुरानै पुस्ताहरू सत्ता प्राप्तिको लागि दैनिक लडाईमा व्यस्त रहँदा,नयाँ पुस्ता हामीजस्ता युवाहरू उनीहरूकै भर्याङकै रूपमा उनीहरूलाई नै बढाइ चढाइ गरेर उनीहरुकै अघि पछि कुदेको मात्र देखिन्छ। अब यस देशका युवाहरू जति पनि आफ्नो देशमा कर्म गरिरहेका छन्। सचेत भई आफ्नो देश आफ्नो हक अधिकारको लागि लड्ने बेला भएको छ।

सञ्जिव गुरुड.,
लेखकः नुवाकोट सिक्रेका गुरुड. नेपाल तरुण दलका केन्द्रीय सदस्य हुनुहुन्छ ।

इतिहास र समग्र परिवेशलाई हेर्ने हो भने युवा पुस्ताको पहिचान हरेक क्षेत्रमा उदाहरणीय देखिन्छ । समय परिवर्तन सँगसँगै आएको परिवर्तन र परिवर्तन सँगसँगै आएको विचलनले यो युवा पुस्ता अब कहाँ जाने हो अन्योलमा छ । विशेषत राजनीतिक रूपमा सफल नहुँदा युवा पुस्ताहरूमा निराशा छाएको देखिन्छ।

अघिल्लो पुस्ताले राजनीतिक रूपमा नयाँ पुस्तालाई सचेत गराउन नसक्दा र नयाँ पुस्तालाई राजनीतिक रूपमा प्रशिक्षण दिन नसक्दा देशको भविष्य अन्योलतामा छ नै युवा पुस्ताको भविष्य पनि अझै झन् अन्योलमा परेको छ। देशमा कुनै पनि अवस्था सिर्जना नहुँदा दैनिक जसो सपना किन्नको लागि परदेशिनेको लर्को धेरै पाक्लै देखिन्छ। समय चक्र सँगसँगै फेरिएको कालखण्डहरू समय सँगसँगै देखिएका नयाँ परिवर्तनका स्वरूपहरू परिवर्तनसँगै आएका विकृतिहरूले समाजलाई बेग्लै दिशातिर धकेलिएको देखिन्छ।

युवा पुस्तामा देखिएको विचलन मानसिक रूपमा नआएको परिवर्तनले गर्दा साल र समय परिवर्तन हुँदै गर्दा पनि पुरानै प्रकृति र प्रविधिका संरचनाहरूले जरा गाडेको देखिन्छ। मानसिक रूपमा सबल र सक्षम नहुँदा युवा पुस्तालाई धेरैले प्रयोग गरेको मात्र देखिन्छ। युवा पुस्तालाई परिवर्तनको रूपमा नहेरी युवा पुस्तालाई जहाँ लगे त्यही लान सकिन्छ भने भर्याङको रूपमा प्रयोग मात्र गरेको देखिन्छ।

हरेक प्रकारको समाजिक कार्यक्रमहरूमा युवा पुस्ताको बाक्लै उपस्थिति देखिन्छ तर युवा पुस्ताको सम्मान भने देखिँदैन हरेक प्रकारको विपत्ति होस् या हरेक परिस्थितिमा युवा पुस्ताको बाक्लो उपस्थिति हुन्छ। तर युवा पुस्ता सचेत नहुँदा त्यहाँ पनि कसैले फाइदै लुटिरहेको मात्र देखिन्छ। हरेक परिस्थितिसँग जुध्ने त्यो युवा शक्ति अब मानसिक रूपमा सफल हुने।

बेला आएको छ र यो शक्ति समाज परिवर्तन गर्न सक्ने एउटा शक्तिको रूपमा उदाउने बेला भएको छ। नत्र देशमा राजनीतिक विचलन त छँदै छ। यस विचलनले अब आउने दिनमा समग्र देशमा नै नैराश्यता ल्याउनेछ। जात्र र धर्मको नाममा वर्गीकरण गरी समग्र युवा पुस्तालाई पनि त्यही लडाईमा लडाउने खेल पटक पटक देखिँदै आएको पनि देखिन्छ। अब यथार्थलाई हेर्ने हो भने समग्र युवा पुस्ता सचेत भइ राष्ट्र निर्माण र समाज निर्माणमा अग्रसर हुने बेला भएको छ। नत्र हाम्रै छिमेकी देशहरूबाट सल्किएको आगो श्रीलङ्का बङ्गलादेश पाकिस्तान यावत देशहरूमा भएका जस्तै उस्रिङ्कल गतिविधिहरूमा युवा पुस्ता लाग्नेछ र राष्ट्रको पहिचान मेटिनेछ सचेत नभई ल्याएको परिवर्तनले देशमा कहिले शान्ति छाउने छैन त्यसको उदाहरण बङ्गलादेशमा प्रष्टै देखिन्छ ।

परिवर्तन त आयो तर शान्ति आएन जातीय रूपमा देखिएका नाराहरू सडकमा यत्रतत्रदौडिएको देखिन्छ आज नेपाल भूमिमा पनि परिवर्तन खोजिएको छ ।परिवर्तन गर्नुपर्नेछ परिवर्तन गर्नुभन्दा पहिले आम नागरिक सम्पूर्ण युवा पुस्तामा मानसिक रूपमा परिवर्तनको एउटा चेतना आउनु आवश्यक देखिन्छ। नत्र हामीले हानेका ढुङ्गा हामीले बालेका ती टायरहरूको धुवाँको मुस्लाले देशमा शान्ति सुव्यवस्था कायम गर्ने छैन । शान्ति सुरक्षा अस्तव्यस्त हुनेछ प्रदेशमा अशान्तिमा चिनेछ र पछिल्लो पुस्ताले त्यही सिको गर्नेछ। र हाम्रो पहिचान मेटिनेछ ।

आजसम्म पनि उही पुरानै पुस्ताहरू सत्ता प्राप्तिको लागि दैनिक लडाईमा व्यस्त रहँदा,नयाँ पुस्ता हामीजस्ता युवाहरू उनीहरूकै भर्याङकै रूपमा उनीहरूलाई नै बढाइ चढाइ गरेर उनीहरुकै अघि पछि कुदेको मात्र देखिन्छ। अब यस देशका युवाहरू जति पनि आफ्नो देशमा कर्म गरिरहेका छन्। सचेत भई आफ्नो देश आफ्नो हक अधिकारको लागि लड्ने बेला भएको छ।

लड्ने भन्दै गर्दाखेरि कसैलाई काट्नुपर्छ र कसैलाई मार्नुपर्छ होइन। मानसिक रूपमा आफू सचेत भई परिवर्तनको लागि लड्ने बेला भएको छ र परिवर्तन गर्ने बेला भएको छ। नत्र प्रजातन्त्र आएको देशमा गणतन्त्र आएको देशमा युवा पुस्ताहरू सधैँ दासको रूपमा सीमित रहनेछ । अब यो युवा पुस्ताले यस्तो काम गर्ने बेला भएको छ । हामीभन्दा अग्रजको सम्मान गर्न सक्ने हाम्रा साथीभाईहरुको सम्मान गर्न सक्ने र हामीभन्दा पछिल्लो पुस्तालाई माया गर्न सक्ने खोजेको छ जब युवा पुस्तामा नयाँ सोच र नयाँ परिवर्तनको रेखा कोरिने छ त्यसमा नयाँ नीति बन्नेछ र सम्पूर्ण प्रशासनिक संयन्त्रहरु सही दिशामा चल्ने छ र सही कर्म गर्नेछ होइन भने त्यही बिचौलियाहरू र त्यही दलालहरूले राज गर्नेछ र त्यही दलाली राजले नै स्थायी रूपमा डेरा जमाउने छ । युवा पुस्ताहरू सधैं लाचार भई सपना किन्न अर्काकै देशतिर लम्किनु पर्ने छ । चेतना भयाँ ।

Continue Reading

Previous: भारतका चर्चित सन्त पाइलट बाबाको निधन
Next: नेवार समुदायमा मनाइने रोपाइँ जात्रा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार