
Oplus_131072
नेपाल विविध सांस्कृतिक परम्पराहरूको धनी देश हो, जहाँ विभिन्न समुदायहरूले आ(आफ्ना परम्परागत चाडपर्वहरू मनाउने गर्छन्।

तीमध्ये नेवार समुदायले मनाउने रोपाइँ जात्रा विशेष रूपमा महत्वपूर्ण छ। यो जात्रा केवल कृषि कार्यको प्रतीक मात्र नभई, नेवार समुदायको सांस्कृतिक, धार्मिक, र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राखेको छ।
रोपाइँ जात्राको परिचय
नेवार समुदायमा रोपाइँ जात्रालाई सिनाज्या यास् भनिन्छ। अर्थात् सिनाज्या मतलब रोपाइँ, र या को अर्थ हो जात्रा। यो पर्व विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले धान रोपाइँको सन्दर्भमा मनाउने परम्परागत चाड हो। यस जात्राले नेवारहरूको कृषिप्रति लगाव, पारिवारिक एकता, र परम्परागत संस्कारको जगेर्ना गर्ने कार्यलाई प्रतिबिम्बित गर्दछ।

तस्बिर, नुवाकोट पुकार
रोपाइँ जात्राको समयकॉल र स्थान
रोपाइँ जात्रा उपत्यकाको भोलि पल्ट अर्थात् गुंलागा द्वितीय वा भाद्र कृष्ण द्वितीय का दिन मनाइन्छ, जुन दिन ललितपुरको बिभिन्न क्षेत्रबाट मत यास् पर्व पनि मनाइन्छ। यो जात्रा मनाउँने चलन मल्लकालका राजा प्रताप मल्लले कृषि विकासलाई महत्त्व दिँदै यो जात्राको सुरुवात गरेको मानिँदै आएको छ।
यो समय नेपालको अधिकांश भूभागमा धान रोपिसक्ने समय हो। काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई विशेष रूपमा धान रोपाइँ गर्न सकाउने र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने दिनका रूपमा मनाउँछन्। विशेषतस् कृषकहरुले खेतमा काम सकाई प्रयोग भएका ज्यावलहरुलाई राम्ररी सफागरी पूजा आजा गर्दछन्। भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न टोल , वहा, चुक , ननी, फल्चा९पाटी ० आदि ठाँउहरुमा यस जात्राको उल्लासपूर्ण वातावरण देख्न पाइन्छ।
रोपाइँ जात्राका गतिविधिहरू
रोपाइँ जात्राको मुख्य आकर्षण भनेको धान रोप्ने परम्परागत विधि हो। नेवार समुदायमा किसानहरू दही चिउरा खाएर खेतमा धान रोप्न जान्छन्। धान रोप्ने क्रममा परम्परागत गीतहरू गाइन्छ र रोपाइँसँग सम्बन्धित विभिन्न धार्मिक अनुष्ठानहरू गरिन्छ।
रोपाइँ जात्राको समयमा युवा, वृद्ध, महिला, र पुरुष सबै मिलेर धान रोप्ने कार्यमा सहभागी हुन्छन्। परम्परागत नेवारी पोशाक लगाएर धान रोप्छन्, रोपाइँपछि किसानहरूबीच आपसमा खानेकुरा बाँडचाँड गरिन्छ र मेलमिलाप गरिन्छ। आजको दिनबाट रोपाइँको अन्तिम दिन पनि भन्ने गरिन्छ।
८३३३ सांस्कृतिक पक्ष
रोपाइँ जात्राको सांस्कृतिक महत्त्व गहिरो छ। यस जात्रामा नेवार समुदायका मानिसहरूले ूगुर्जुू वा ूआजूू को अगुवाइमा धान रोपाइँ गरी संम्पन्न गरिन्छ। गुरुज्यूहरूलाई धार्मिक अनुष्ठान गराउन आमन्त्रित गरिन्छ, जसले खेतको उर्वरता, राम्रो उत्पादन, र कृषिमा सफलता प्राप्त होस् भन्ने कामना गरिन्छ।
यस जात्राको अर्को महत्वपूर्ण पक्ष भनेको जात्राको क्रममा विभिन्न देवी(देवताको पूजा गरिन्छ। नेवार समुदायले आ(आफ्ना कुलदेवता र खेतका देवताहरूलाई खुशी गर्दै खेतीपातीको काम गरिन्छ।
८३३३ रोपाइँ जात्राको सामाजिक महत्त्व
रोपाइँ जात्राले नेवार समुदायका मानिसहरूबीचको आपसी सम्बन्धलाई बलियो बनाउँछ। यस पर्वमा मानिसहरूबीच एकआपसमा सहयोग, सद्भाव, र मेलमिलापको भावना विकसित हुन्छ। किसानहरू आ(आफ्ना खेतबारीमा मात्रै सीमित नभई, अन्य किसानहरूसँग मिलेर रोपाइँको कार्यमा सहयोग पुर्याउँछन्। यसरी, यो जात्राले नेवार समुदायको एकता र परस्पर सहयोगलाई उजागर गर्दछ।
निष्कर्ष
नेवार समुदायको रोपाइँ जात्रा केवल कृषि पर्व मात्र नभई, यसले समाजमा एकता, सहयोग, र परम्परागत सांस्कृतिक धरोहरको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ। यो पर्वले नेवार समुदायको सांस्कृतिक पहिचानलाई झल्काउँछ र समाजमा एकता, मेलमिलाप, र सहकार्यको भावना प्रवर्धन गर्छ। आधुनिकतासँगै यस पर्वलाई नयाँ रूपमा मनाउने चलन आए पनि, यसको परम्परागत महत्त्वलाई कायम राख्न आवश्यक छ। यसरी, रोपाइँ जात्राले नेवार समुदायको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ।
(लेखक नेपाल बौद्ध परिषद्का पूर्व महासचिव हुनुहुन्छ।