

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ।
बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंककले सार्वजनिक गरेको कर्जा विवरण अनुसार यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७।७७ प्रतिशत स्थिर ब्याज तथा ०।५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ ।
उक्त योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहने बैंकले जनाएको छ ।