Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

नुवाकोट पुकार ६ भाद्र २०८१, बिहीबार १८:२५

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले पारित गरियोस् भनि सभामा प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमा भाग लिँदै सांसदहरुले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याएर नेपाललाई शान्तिपूर्ण वातावरणमा उभ्याउन राजनीतिक दलहरू सफल भएको बताउनुभयो ।

छलफलमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले १२ बुँदे विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र घोषणा र नयाँ संविधान जारी गरेर पनि शान्ति प्रक्रियाका बाँकी विषयलाई टुङ्गोमा पुर्‍याउनु ऐतिहासिक भएको विचार व्यक्त गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला बेपत्ता तथा घाइते भएका र आम नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धिलाई कहीँ कतैबाट आक्रमण हुन नदिन अझै राजनीतिक दलहरुबीच विश्वासको वातावरण कायम हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद श्रेष्ठले अब आयोग गठन गरेर पीडितलाई तत्काल न्याय दिन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, नेकपा एमालेका सांसद भगवती न्यौपानेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अग्रज नेताहरूले भूमिका खेलेको भन्दै विगतलाई बिर्सेर अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरी देशको आवश्यकताको आधारमा द्वन्द्वलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुषालले यो विधेयकमा भएका धाराले शान्ति प्रक्रियाका कामलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

सांसदहरु बामदेव गौतम, महमद खालिद, तुल प्रसाद विश्वकर्मा लगायतले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउन यस विधेयकले भूमिका खेल्ने भन्दै यो ऐतिहासिक भएको बताउनुभयो ।

यसअघि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ ९ गते आइतबार १ः१५ बस्नेछ ।रेडियो नेपाल अनलाइन

Continue Reading

Previous: सरकारले जनतामा आशा जगाउने काम गरिरहेको छ ः प्रधानमन्त्री
Next: परराष्ट्रमन्त्री डा राणा चार दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार