Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

यस्तो छ आजको मौसमको पूर्वानुमान

नुवाकोट पुकार ७ भाद्र २०८१, शुक्रबार ०९:२४

सांकेतिक ,फाइल तस्बिर

काठमाडौँ। आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले पानी पर्ने सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

Continue Reading

Previous: ‘टिकटक’ खोल्न दिने सरकारको निर्णय
Next: सकियो डोलेश्वर महादेवको श्रावणाी मेला

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार