Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सकियो डोलेश्वर महादेवको श्रावणाी मेला

नुवाकोट पुकार ७ भाद्र २०८१, शुक्रबार ०९:३९

फाइल तस्बिर

फाइल तस्बिर

काठमाण्डौ – भक्तपुरमा रहेको केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला सकिएको छ । साउन १ गतेदेखि शुरु भएको मेला बिहीबार सकिएको हो ।

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन हिजो मन्दिरका चारै ढोका खुला गरी दर्शनार्थीले मन्दिरभित्र पसेर पूजा गर्न पाउने व्यवस्था गरिएको थियो ।

हिजो १५ हजारभन्दा धेरै भक्तजनले दर्शन गरेका डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्ने व्यवस्था गरिएको छ ।

श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट सङ्कलन भएको हो ।

Continue Reading

Previous: यस्तो छ आजको मौसमको पूर्वानुमान
Next: सहकारी ठगी छानविन समितिले आज लामिछानेसँग सोधपुछ गर्ने

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार