

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले तीज पर्वलाई मौलिक र सभ्य रुपमा मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले सोमबार एक सार्वजनिक अपिल जारी गर्दै पछिल्लो समय परम्पारगत रुप बोकेको मौलिक चरित्र र समाजमा रहेको असर मौलिक संस्कृतिक छापलाई ओझेलमा पार्ने अनावश्यक रुपमा खर्चिलो र भड्किलो बन्दै गएको , देखासिखीमा परिवारले धान्न नसक्ने गरि फजुल खर्च बढ्दै गएको भन्दै हाम्रो समाजको परम्परागत मुल्य र मान्यता अनुसार तीज मनाउन अपिल गर्नुभएको छ ।
यस्तै तीज पर्वले आफ्नो स्थानीय तहको मौलिकता प्रष्फुटन हुने तथा समाजिक र लैड्.िगक सशक्तिकरणसँगै समाजिक सद्भाव बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ । अपिलमा आफ्नो परम्पारगत मान्यताभित्र रहेर शभ्य,सुस्कृति, सुरक्षित रुपमा मनाउन पनि भनिएको छ ।
साथै तीजका अवसरमा सम्पूर्ण जिल्लाबासीमा शुभकामना पनि व्यक्त गरिएको छ । अपिलमा विवेकशील मानव जातिले आफ्नो ज्ञान सिप र क्षमतको उपयोगमार्फत निर्माण गरेका वा रचना गरेका यावत सिर्जना अनुरुपको जीवन शैली नै मावन सभ्यता भएको उल्लेख गरिएको छ ।
