

काठमाडौं । नपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कल सेन्टरको स्थापना गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरूलाई आवश्यक रासायनिक मलको समस्यालाई ध्यानमा राखी किसानले सरल र सहज ढंगबाट आफूलाई आवश्यक रासायनिक मल कहाँबाट र कति समयमा प्राप्त गर्न सकिन्छ भनेर जानकारी लिन कल सेन्टर स्थापना गरिएको जानकारी दिनुभएको छ । मन्त्री अधिकारीको फेसबुक पेजमा लेख्नुभएको छ ,.
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारले किसानहरूलाई आवश्यक रासायनिक मलको समस्यालाई ध्यानमा राखी किसानले सरल र सहज ढंगबाट आफूलाई आवश्यक रासायनिक मल कहाँबाट र कति समयमा प्राप्त गर्न सकिन्छ भनेर जानकारी लिन पैसा नलाग्ने ,निःशुल्क० ट्रोल फ्री नम्बर १६६००१७७७७९ मा कल गर्न सक्ने गरी “किसान कल सेन्टर” सञ्चालनमा ल्याएका छौँ । सम्पूर्ण किसानहरूले कार्यालय समयमा कल सेन्टरको ट्रोल फ्री नम्बरमा फोन गरेर रासायनिक मल सम्बन्धी जानकारी लिन सक्नु हुनेछ ।सरकारले किसानलाई समयमा नै मल उपलब्ध गराउने विषयमा आवश्यक प्रक्रिया थालिसकेको छ ।