Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

हिजो र आजको तिज

नुवाकोट पुकार १२ भाद्र २०८१, बुधबार ०७:४२

अञ्जली पाण्डे(उप्रेती)

पौराणिक मान्यता अनुसार माता पार्वतीले भग्वान श्री भोलेनाथ शीव शंकर महादेव लाई पति पाउँ भनी कठोर तपस्या गरे वापत शीव शंकरलाईआफ्नो पतिदेवको रुपमा प्राप्त गरेको भन्ने मान्यता रहेको छ । यसै मान्यतालाई अनुशरण गर्दै हिन्दु धर्मालम्बी नारीहरल्पनि वषैंदेखि आफ्नोपति(श्रीमान)को सु स्वास्थ्य र दिर्घ आयुको लागि तिजको व्रत बस्ने चलन रहेको छ ।

हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ । मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा–आराधना गरिन्छ । यो व्रत निराहार एवं निर्जला भई तथा रात्रि जाग्राम गरी नाचगानको साथ गर्ने गरिन्छ ।


हाम्रा पूर्वजहरुका साथ हजुरआमाहरुले पनि निर्जला, निराहार,व्रत राखेर शिव शंकरको पूजा आराधना गरेर मन्दिरमा गई नाचगान गर्ने र बेलुका आफ्नो श्रीमानको खुट्टाको पानी खाएर व्रत खोल्ने परम्परा थियो । तर आज तिजको व्रत राख्ने तरिका पनि परिमार्जन हुँदै आएको पाइन्छ । हजुर आमाले गरेका अनि मानेका हुराहरु हामी आफँैलाई आज कडा जस्तो लाग्न थालेको छ ।

हजुरआमाले हामीलाई सुनाउने गर्नुहुन्थ्यो, असार साउन बर्षा याम खेतीपातीमा व्यस्त हुने , सानो उमेरमा विवाह गरेर पठाउने, टाढा टाढा दिनभरीको बाटो हिडेर पनि पुग्न मुश्लिक हुने हुनाले सबै चेलीहरु वर्षा पनि सकिने र तिज आएपछि माइती लिन आउने र माइती गएर मिठो मसिनो खाना पाइने रहरले मनमा खुशी व्यक्त गर्ने र आफ्नो जन्मथलोमा पुगेर दुःख खुश साट्न पाइने हुनाले तिजमा बेग्लै रमाइलो हुन्थ्यो ।

यति धेरै महत्व बोकेको तिजलाई नेपाली समाजमा महत्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउने गरेको थियो र छ ।


मुख्यत आफूले घर गरेर खान गारो भएको सासु, नन्द, आमाजुले दिएको दुःखलाई आफ्नो भोगाईका रुपमा गितमार्फत व्यक्त गरिनथ्यो । सबै दिदी बहिनी मिलेर मादल बजाउँदै नाच्दै गाउँदै सबै पिर मर्कालाई भुलेर महादेवको मन्दिरमा पुजा आराधना गरेर तिज मनाउने हाम्रो परम्परागत विशेषता थियो । दिनभरि सबैजना मिलेर दर पकाएर राती उठेर दर खाने, रमाइलो गर्ने चलन थियो । तर आज तिज समयसँगै परिवर्तन हुँदै गएको छ । तिज आउन एक महिना अगाडि नै तिजको रौनक सुरु हुन्छ ।


आज भोलि विभिन्न संघ संस्थाले महिलालाई सम्मान स्वरुप नाचगान गर्ने, दर खुवाउने गर्दछन् । यो सकारात्मक पक्ष हो, किनभने यसले एक आपसमा सद्भाव कायम गर्न सहयोग पुर्याँउछ । तर धेरै जसो ठाउँमा महिलाहरु दर खानो भन्दै ह्रवस्की र ब्रान्डीको बोतल राखेर महंगा गहना, कपडाको सो अप गरेर भद्धा र भड्किलो रुपमा तिज मनाइएको पनि देखिन्छ । यो हाम्रो समाजका लागि एक प्रकारको विकृति हो । यस्ता विकृतिले आउने सन्ततीलाई के सन्देश देला भन्ने कुरा सोच्नु पर्ने बेला पनि आएको छ ।


तिज भनेको एउटा संस्कृति हो,परम्परा हो । यसलाई जोगाउनु पर्दछ भन्ने कुरामा दुईमत छैन । तर आज यसलाई पर्व व्यापार जस्तो बनाउन थालिएको छ । हिजो हजुर आमाको पालामा गाउने गितमा आफ्ना भावना , कहानी,जीवनको भोगाई, यथार्थता हुन्थ्यो भने आज छाडा शब्दहरुका गितहरु आउन थालेका छन् । जस्ले नारीलाई विकास होइन,किकृतिर्फ लगेको पाइन्छ । आज महिलाहरुको जमात फराकिलो हुँदै हामीले यसलाई सभ्य रुपमा विकास गर्दै जानुपर्नेमा विकृति र भड्कलिो बनाउँदै गएका छौं ।

हाम्रो यस्तो क्रियाकलापले भावी पुस्ताले हामीलाई कुन रुपमा हेर्ला यसको पनि चिन्ता गर्ने समय आएको छ । यस्तो फरक र पश्चिमेली ढर्रा शैलीको भड्किलो संस्कृतिले समाजलाई नै गलत बाटोतर्फ मोडिन थालेको छ । यसले समाजलाई विकृतिको बाटोमा मात्रै लगेको छैन । जसरी पनि अरुको देखासिखी गनर्नै, पर्ने पार्टी प्यालेसमा गएर मनाउन पर्ने ऋण गरेर भएपनि महँगा गहना लगाउनु पर्ने कारणले पारिवारिक तनाव सिर्जना हुने र सिंगो परिवार नै तहस नहस हुने अवस्था बन्दै गएको छ ।

`अर्कोतर्फ महिलाहरुमा देखिएको भड्किलोपनका कारण पनि दिन प्रतिदिन समाजमा हत्याहिंसाका घट्नाले बढ्दै गएका छन् । तिजलाई व्यापार बनाएर परिवारसँगै बसेर हेर्न नसकिने गितका शब्द र भिडियोले त झन परम्पारगत समाज र संस्कृतिको धज्जी उडाईरहेको छ । आज आफ्नो परिवारबाट छोरीहरु सुरक्षित नहुने अवस्थाको सिर्जना हुँदै जान थालेको अवस्था छ । महिलाहरुमा देखिएको यस्तो भड्किलो प्रवृतिका कारण नै महिलाहरुमाथि हिंसा हुने गरेका हुन । यसर्थ हामी महिला दिदी बहिनीहरुले यस्ता कुरामा ध्यान दिएनौं भने भोली हाम्रा सन्ततीले हामीलाई धिकार्ने छन् । हरितालिका तिजको सबै दिदीबहिनीहरुमा हार्दिहक शुभकामना । (लेखक,पाण्डे नेपाली कांग्रेस नुवाकोटकी महिला नेतृ हुनुहुन्छ)

Continue Reading

Previous: नेकपा एसका पदाधिकारी छनौटका लागि आज निर्वाचन
Next: प्राकृतिक र पौराणिक स्थलहरुको संरक्षण गरौं

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार