
सम्पादकीय
हाम्रो देश नेपाल धार्मिक सँगै प्रकाकृति र पौराणिक मान्यताहरुले पनि भरिपूर्ण भएको देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि यहाँ रहेका अन्य हिमाल, वन जंगल, खोला नाला,पहाड, जस्ता रमणीय स्थलहरुका कारण प्राकृतिक रुपमा पनि सुन्दर रहँदै आएको छ । प्रकृतिले नै वरदान दिएको सुन्दर देश नेपालले विश्व मानचित्रमा आफूलाई एक शान्तिपूर्ण देशको रुपमा स्थापित गरेको छ । भग्वान पशुपपनिाथदेखि गौतम बुद्धको जन्मथलो भएको देश भएकाले पनि विश्वमा नेपालको शिर सधैँ उचो रहँदै आएको छ ।
हामी प्राकृतिक रुपमा यति धनी छौं कि हरेक ठाउँमा हाम्रा सम्पदाहरु पर्यटकका लागि मनोरञ्जन लिने माध्यम हुने गरेका छन् । यस्तै नुवाकोट जिल्लाको विभिन्न ठाउँमा बर्षातका समयमा पलाउने झरनाहरुले पनि आन्तरिक तथा बाह्रय पर्यटकहरुको मन तान्दै गएको छ । जिल्लामा रहेका प्राकृतिक र पौराणिक रुपमा पनि उत्तिकै महत्व धेरै झरनाहरु भेटिएका छन् । राजधानीसँग नजिक रहेका शिवपुरी–८, थानापति, काफलडाँडा, शीतलपाटी नजिकै रहेको गोकुलेश्वर झरना प्राकृतिक,लौके झरना जस्तै धेरै भरनाहरुमा यस वर्ष आन्तरिक पर्यटकहरुको भीड लागेको थियो ।
उक्त ठाउँहरुमा दैनिक सयौं मानिसहर पुगेको मनोरञ्जन लिएका फर्किएका छन् । शिवपुरीमा रहेको गोकुलेश्वर झरनाका बारेमा धार्मिक किम्बदन्ती उल्लेख भए अनुसार परापूर्वकालमा यो ठाउँ जङ्गलले ढाकिएको भिरपाखो थियो रे ! त्यस बखत यस ठाउँको वरपर सालधूप, गोकुलधूप खुब पाइन्थ्यो रे ! शिवजीलाई मन पर्ने भएकोले शिवगणहरू कैलाशदेखि बेलाबेलामा यहाँ गोकुलधूप लिन आउँथे रे ! एकपटक धूप लिन आएको बेला उनीहरूलाई पानीको ज्यादै प्यास लागे छ । प्यासले इन्तुनचिन्तु भएपछि सबै मिलेर शिवजीको प्रार्थना गरेछन् । आफ्ना गणको प्रार्थना सुनेर शिवजी तत्काल आई पहरोभन्दा केही माथि भित्तोमा गई आफ्नो त्रिशूलले भित्तो फोरी पानी निकालेर शिवगणलाई ख्वाएको भनाइ छ । शिवजी अन्तध्र्यान हुनुभएपछि फेरि फेरि आउँदा पनि पानी नसुकोस भनी उनै शिवगणले गोकुलेश्वर महादेवको स्थापना गरी गएको भनिन्छ । कालन्तरमा बाढी, पैरो, जङ्गलले ढाक्दै गएर त्यसको अस्तित्व लोप भएको हो भन्ने बुढापाकाहरूको भनाइ रहेको पाइन्छ । आज पनि त्यस वरपर गोकुलधूपका बिरुवाहरू पाइन्छन् । जसको कारण यो छाँगाको नाम गोकुलेश्वर झरना रहनगएको हो, भनिन्छ । त्यस्तै अर्को किम्बतन्ति अनुसार गोकुलवासी भगवान् श्रीकृष्णले त्यस झरनामा आई नुहाएको र तत्पश्चात् त्यस वरपर गोकुलधूपहरू उम्रेकोले कालान्तरमा त्यसको नाम गोकुलेश्वर झरना रहनगएको भन्ने भनाइ पनि छ ।
यस्तै तारकेश्वर गाउँपालिका, ककनी गाउँपालिकामा रहेका झरनाहरु कासाथै अन्य पालिकाहरु किस्पाड., मेघाड. जस्ता पालिकाहरु पनि प्राकृतिक रुपमा सुनदर रहेका छन् । त्यस्ता सुन्दर क्षेत्र तथा वस्तूहरुलाई संरक्षण गर्ने र त्यसलाई पर्यटकीय रुपमा विकास गर्ने हो भने सरकारले आम्दानीको राम्रो स्रोत बनाउन सक्छ । खेर गएका डाँडापाखा र यस्ता झनाहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक ऐन कानुन निर्माण गरेर व्यवस्थित गर्नतर्फ स्थानीय सरकारको ध्यान पुग्न जरुरी देखिन्छ । यसले एकतातर्फ पर्यावरणको संरक्षण हुन्छ भने अर्कोतर्फ प्राकृतिक सम्पदाको विकासमा टेवा पुग्ने देखिन्छ ।