काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई सहज बनाउन एआई (कृत्रिम बुद्धिमत्ता) आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अब पार्टीका सदस्य तथा सरोकारवालाले 9701255555 मा सम्पर्क गरी “Congress AI साथी”सँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।
पार्टीका अनुसार उक्त एआई सेवाले सातै दिन र चौबिसै घण्टा (24/7) क्रियाशील सदस्यता अद्यावधिकसँग सम्बन्धित समस्या, जिज्ञासा तथा सुझाव सुन्ने, अभिलेखीकरण गर्ने र आवश्यक समाधान उपलब्ध गराउनेछ ।
यसका साथै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रहेको Digital Support Team पनि सहजीकरणका लागि निरन्तर सक्रिय रहने जनाएको छ । सहयोगका लागि 9712056351 र 9712056352 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले प्रविधिमैत्री सेवा विस्तारमार्फत सदस्यता प्रणालीलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले एआई कल सेन्टर सञ्चालनमा ल्याइएको जनाएको छ ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्