Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेकपा एमालेले २०८४ मा गठबन्धन नगर्ने

नुवाकोट पुकार १८ भाद्र २०८१, मंगलवार १९:५३

काठमाडौँ । नेकपा एमालेले अबको आवधिक निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग गठबन्धन नगर्ने बताउनुभएको हो ।


पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आजदेखी सुरु भएको नेकपा एमालेको तेस्रो पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने तर निर्वाचनको परिणामका आधारमा अन्य दलहरू सँग तालमेल गर्न सकिने बताउनुभयो ।


अध्यक्ष ओलीले त्यस अवसरमा मिसन ०८४ को तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।


बैठकमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिन थालेको, पुँजी बजार बढेको र जनतामा सकारात्मक सन्देश प्रवाह हुँदै आएको उल्लेख गर्नुहुँदै अब सरकारको ध्यान समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।


पोलिटब्युरो बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले समाजमा अराजकता फैलाउने कामहरू पनि भइरहेकाले त्यस प्रति सजग रहँदै समृद्ध नेपालको निर्माणलाई मूल मन्त्रका रुपमा लिएर सबै लाग्नुपर्ने खाँचो पनि औँल्याउनुभयो ।प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि राजनीतिले स्थिरता र स्थायित्व पाएको, निजी क्षेत्रले पनि विश्वास गरेको र बाह्य लगानी समेत बढेको बताउनुभयो ।


पोलिटब्युरो बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गर्नुभएको र त्यस कार्ययोजनामा भोलीदेखि छलफल गरिने नेकपा एमालेले जनाएको छ ।

पार्टी उपमहासचिव ज्ञवालीले पार्टीको सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका साथै नेता कार्यकर्ता हरुको आचरणमा अझ बढी शुद्धता ल्याउने लगायतका १८ वटा बुँदा कार्ययोजनामा समावेश गरिएको बताउनुभयो ।

Continue Reading

Previous: पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते
Next: सहकारी छानविन विशेष समितिको कार्यावधि १५ दिन थप

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार