
शुकदेव दाहाल
नेपाली कांग्रेस पार्टीको स्थापना भएको आठ दशकको हाराहारीमा पुगेको छ । लामो र कठिन संघर्षकाबीच नेपाली कांग्रेस पार्टी स्थापित भएको छ । जननायक बीपी कोइराला, गणेशमानसिंह,सुर्वर्ण शमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको ठुलो योगदानकाबीच स्थापित भएको कांग्रेसमा लाखौं होनहार युवाहरुले बलिदानी दिएका छन् । कांग्रेसप्रति लाखौं नेपालीको आशा र भरोसा कायम छ ।
समाजवादी विचारधारकासाथ देशको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले १०३ वर्षीय जहाँनिया राणा शासनको अन्त्य गराउँदै देशमा प्रजातन्त्र ल्यायो । शाह वंशको नाममा भएको २३८ वर्षीय शासनको अन्त्य गरायो। । माओवादी जनयुद्धका नाममा भएको जनआन्दोलनलाई पनि शान्तिपूर्ण माध्यमबाट देशलाई एउटा शान्तिको मार्गमा अग्रसर गराउन सफल हुँदै संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन पनि कांग्रेस नेतृत्व सफल भएको इतिहास ताजै छ । त्यति भूमिकाका कारण यहाँसम्म आइपुग्दा कांग्रेसले एउटा बलियो, लोकतान्त्रिक र नेतृत्वदायी कांग्रेसको रुपमा आफूलाई उभ्याउन सफल हुँदै आएको छ । यो केलव देश र जनताको भरोसा र अन्तराष्ट्यि जगतको पनि विश्वासका कारण सम्भव भएको हो ।
कांग्रेसलाई इतिहासले धेरै कुरा सिकाएको छ र सिकेको पनि छ । कांग्रेसमा जसले नेतृत्व गर्दै आएका छन् ति सबै नेताहरुले कांग्रेसलाई राम्ररी बुझेका छन् । हिजो गिरिजाप्रसाद कोइरालाले देशको अवस्था र आम नेपाली जनताको चाहाना अनुसार मुलुकमा संविधानसभामार्फत लोकतान्त्रिक संविधान ल्याउन तयार हुनुभयो । उहाँको त्यो शाहसपूर्ण निर्णयका कारण १७ हजारको ज्यान जाने गरि भएको हिंम्सात्मक आन्दोलनले पनि एउटा निकास पायो । यस्तो धेरै नेतृत्वदायी भूमिका कांग्रेसमा छ । चाहे त्यो सुशील कोइराला होस् वा हालक ासभापति शेरबहादुर देउवा, उहाँको सुझवुझपूर्ण निर्णयका कारण नै कांग्रेस आज यो अवस्थामा छ ।
निर्वाचनमा पहिलो हुनु, दोस्रो हुनु स्वभाविक प्रक्रिया हो, तर पार्टीको विचार र शिद्धान्तलाई जोगाएर आफ्नो अडानमा राख्न सक्नु नै नेतृत्व हो । आजका दिनसम्म कांग्रेस नेतृत्वले पार्टीलाई ठुलो क्षति हुने काम गरिहालेको अवस्था छैन । यद्यपि पछिल्ला दिनमा पार्टीमा मौलाएको शक्ति र सत्ताको खेलले भने तल्लो तहका नेता कार्यकर्तामा नैराश्यता बढ्दै गएको छ । यसको विषय छुट्टै शीर्षकमा चर्चा गरौंला ।
तर यतिखेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशलाई समावेशी र समतामुलक ढंगबाट अघि बढाउने प्रयासकाबीच संविधानमा समानुपातिक र समावेशीताको व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण आज रहेक जातजातीका मासिनहरुको प्रतिनिधित्व राज्यको तहमा पुगेको छ । महिला अधिकार सुनिश्चित भएको, दललित, जनताजी, अल्पसंख्यक, मुश्लिम, मधेसी, थारु सबैको अधिकार बराबर छ भन्ने कुरा संविधनामा उल्लेख छ । यो व्यवस्था कारण नै आज हामी सयौं थुड.्गा मुलका माला हामी एउटै नेपाली भनेर गर्भ गर्न पाएका छौं । यो विश्वको एक उत्कृष्ट व्यवस्था र नमुना हो ।
केही अवपादका विषयमा देखिएको समस्या बाहेक लोकतान्त्रिक संविधानले त्यति धेरै अप्ठेरो बनाएको छैन । संविधानमा भएको थ्रेस होल्ड्, समानुपातिकमा देखिएको उदारताकाबीच केही समस्या उत्पन्न भएको हो कि भन्ने अवस्था सिर्जना भएको छ । समानुपातिक र समावेशीकालाई केही रुपमा कसिलो बनाउनुपर्ने आवाज उठेको छ । समावेशीताका आधारमा संसदमा कसैको पनि बहुमत आउन सक्ने र सरकार सञ्चालनदेखि अन्य विषयमा समसइाहरु आउन थालेको आभास विगत १० वर्षमा भएको छ । मुख्य दल र शक्तिहरु कसैले पनि बहुमत ल्याउने बाटो खुला नहुने र समानुपातिक प्रतिनिधित्वले गर्दा संसद अनिर्णयको बन्दी बन्ने अवस्था बनिरहेको छ । यसका भने विचार गर्नै पर्ने भएको छ ।
कांग्रेस एमाले नेतृत्वको सरकारले त्यस विषयमा छलफल अघि बढाउने प्रयास थालेको अवस्था छ । यसको अर्थ समानुपातिक खारेज गर्ने वा कमजोर बनाउने भन्ने होइन ,त्यसलाई व्यवस्थित गर्ने सम्मको कुरा हो । समानुपातिक व्यवस्थित भएको खण्डमा दलहरु सबै आ आफ्नो समाथ्र्यमा अघि बढ्न सक्ने अवस्था सिर्जना हुनेछ । दलहरु आफ्नै सामथ्र्यमा हिड्नु भनेको सरकार सञ्चालनका लागि पनि गठबन्धन बनाइरहनुपर्ने बाध्यताको अन्त्य हुनु हो । यसमा दलहरु स्वभाविक रुपमा लचिलो भएका छन् । कांग्रेसले अबको निर्वाचनमा एक्लै लड्ने समाथ्र्य निर्माणमा जोड दिएको छ । पार्टी महामन्त्री गगन थापाले पेशगर्नु भएको प्स्तावलाई पारित नै गरेर पार्टीको एजेण्डा बनाएको छ । यो अबका दिनमा पूर्णत लागू गर्न सक्नुपर्दछ । यसका लागि एकातर्फ संविधान संशोधन र अर्कोतर्फ पार्टीलाई पनि बलियो बनाउन आवश्यक हुन्छ । कांग्रेस यसमा तयार भएको छ ।
पहिलो चरणमा कांग्रेसले एकसय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । मुख्य रुपमा सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, विधानबमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायत कार्य समयमै गर्न÷गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउनलगायत साङ्गठनिक कार्यमा केन्द्रित भई पार्टीले आगामी असोज १ देखि पुस १० गतेसम्म एक सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो सकारात्मक छ । मुलुकका ठूला पार्टी एक अर्काप्रति आश्रित भए भने त्यस देशमा लोकतन्त्र बलियो हुन सक्दैन । कांग्रेस एमालेका कतिपय कमजोरीका कारण नै आज लोकतन्त्र कमजोर भएको महसुश हुँदै गएको छ ।
कांग्रेसले ढिलै भएपनि आफ्नो सामथ्र्यमा जोड दिएको छ । यसले निरन्तरता पाओस् र अन्य दलहरु एमाले, माओवादी र रास्वपाले पनि आफूलाई आफ्नै सामाथ्र्यमा हिडाउने प्रयास सुरु गरुन् । अबको आवधिक निर्वाचन एक्ला एक्लै होस् । त्यसले मात्रै आवधिक निर्वाचनलाई सुन्दर बनाउने र जनतामा पनि उत्साह थपिने छ । कांग्रेसको यो निर्णय सकारात्मक मात्रै छैन स्वागतयोग्य पनि छ ।