
सम्पादकीय
हाम्रो देश नेपाल कृषि प्रधान देश हो । नेपाल सरकारको पछिल्लो तथ्याड.कलाई आधार मान्ने हो भने पनि नेपालमा अझै पनि ७० प्रतिशत नागरिकको मुख्य पेशा कृषि नै रहेको छ । आम रुपमा जसरी कृषिलाई एउटा पेशाका रुपमा लिइएको छ सोही अनुसारको कृषिका लागि उपयुक्त क्षेत्रहरु प्रशस्तै रहेका छन् । ठाउँ अनुसारको उब्जनी हुने गर्दछ । त्यसबाट उत्पादित अर्गानिक खानपानबाट मानिस स्वस्थ हुने कुरा त यसै पनि महत्वपूर्ण छदैछ त्यो सँगै आर्थिक रुपमा पनि उपार्जन हुन सक्छ ।
तर पछिल्लो समय कृषिलाई आधुनिकिकरणतर्फ अघि बढाउन खोज्दा स्थानीय रुपमा भैरहेका रैथाने उत्पादनहरु मासिन थालेका छन् । चलन चल्तीमा भन्ने भाषा अनुसार पछिल्लो समय रैथाने बालीहरु उत्पादन हुन छाडेका छन् । धेरै फलाउने र छिटो फलाउने बहानामा किसानहरुले नै रैथाने बिउको प्रयोग गर्न छाडेका कारण अर्गानिक खानेकुरा पनि हामीबाट टाढा हुँदै गएको छ । हामी केवल राम्रा र छिटो उत्पादन हुने बिउ विजनको खोजीमा लाग्दा हामीले धेरै प्रकारका रोगहरुको सामाना गर्नु परिरहेको छ ।
पछिल्ला दिनमा मन्ध रुपमा रैथाने बीउ तथा त्यसबाट उत्पादित बालीहरुको संरक्षण गरिनुपर्नेमा आवाज उठन थालेको छ । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलामा राज्य तहका उच्च व्यक्तित्वहरुको उपस्थितिकाबीच यसको संरक्षणमा पनि चासो देखाउन थालिएको छ ।
ढिलै भएपनि यो अत्यन्त सकारात्मक कुरा हो । हाम्रा पिता पूर्खाहरुले जुन ठाउँ अनुसार र हावा पानी सुहाँउदो खालका उत्पादनहरु रोपेर त्यसलाई जसरी फैलाएका थिए त्यसमा हामीले वेवास्ता गर्दै जाने र केही सयमका लागि मात्रै फाइदा हुने बिउ बिजन प्रयोग गर्दै जाने हो भने भोलिका दिनमा कृषिबालीमा नै समस्या आउन पनि सक्छ । रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने दिन नआसोस् भनेर नै रैथाने एग्रो प्रोडक्ट्स् भन्ने एउटा सानो संस्थाले प्रयास गरिरहेको छ । उसको अगुवाईमा राजधानीको दरबारमार्ग जस्तो महत्वपूर्ण स्थानमा रहेक शनिबार बिहान रुैथानै कृषि मेला आयोजना हुने गरेको छ । जहाँ गाउँ गाउँबाट किसानहरुले ताजा तरकराी तथा खाद्य वस्तुहरु बेच्न ल्याउने गरेका छन् । एउटा सानो संस्थाको प्रयासले समेत सकारात्मक उर्जा प्रदान गरेको छ ।
अब यो प्रयासलाई सरकारले आफ्नो बनाउनु जरुरी देखिन्छ । यस्ता रैथाने बालीको संरक्षण गर्न , बजारिकरण गर्नका लागि स्थानीय सरकारहरुले ठाउँ अनुसारको उत्पादनमा जोड दिने र तिनीहरुको बजारीकरणका लागि हाट बजारको व्यवस्था गर्न सके रैथाने कृषहरुका लागि पनि राहत हुनेछ ।
अर्कोतर्फ चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषि कर्मका लागि त झन् समस्या हुन थालेको अवस्था छ । तर सरकारको ध्यान भने त्यसमा पुगेको देखिदैन ।
मुलुकलाई आखधसनिकिरणतर्फ लैजाने भन्दै वन जंगल मासेर सडक विस्ता र शहरी करण गर्न खोज्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालिसकेको छ । यस्ता साना साना कुरामा राज्यको ध्यान पुगेन भने भोलि हामी यो भन्दा अझ बढि परनिर्भर हुने दिन आउन सक्छ कृषि पेशा र विलय हुँदै जान सक्छ । यसतर्फ सरकारको ध्यान छिटो पुग्नु जरुरी छ । यसर्थ यस्ता रैथाने बोलीहरुको संरक्षण गर्दै यसको बजारीकरणमा सरकारको ध्यान पुगोस् ।