Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रभातफेरि तथा कर्मचारी सम्मानकासाथ निजामती सेवा दिवस सम्पन्न

नुवाकोट पुकार २२ भाद्र २०८१, शनिबार १४:०४

विदुर । निजामती सेवा दिवस २०८१ को अवसरमा नुवाकोटमा साताव्यापी कार्यक्रमकासाथ समापन गरिएको छ । आज शनिबार दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा प्रभातफेरी, अन्तरक्रिया, दीर्घसेवा सम्मान तथा प्रमाण पत्र वितरण गरी समापन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको नेतृत्वमा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । प्रभातफेरिका क्रममा जिल्ला प्रशासन कार्यालयबाट सुरु भएर विदुर बजारको परिक्रमा गरिएको थियो । प्रभातफेरि पछि सेवा प्रवाह र निजामती सेवा विषयक अन्तर्क्रिरया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा निजामति सेवालाई मर्यादित र जनातमा सोवमा समर्पित हुनुपर्नेमा जोड समेत दिइएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी राकमृष्ण अधिकारीले निजामति कर्मचारीले नागरिकको विश्वास जित्नेगरि काम गर्न निर्देश्नन दिनुभयो । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखसहित राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, वुद्धिविवि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न सरकारी कार्यालया कार्यरत उत्कृष्ट दीर्घ सेवा गर्ने निजामती कर्मचारी सम्मान कार्यक्रमको समेत आयोजना गरिएको थियो । यसअघि साताव्यापाी कार्यक्रम अन्र्तरगत कार्यालय परिसर सरसफाई ,अस्पतालका विरामीलाई फलफूल वितरण कार्यक्रम,रक्तदान कार्यक्रम गरिएको थियो ।

यस्तै व्याडमिन्टन प्रतियोगिता ,कृषि तथा भेटेरिनरी सेवा शिविर साहित्यिक कार्यक्रम ,कविता बाचन प्रतियोगिता, स्वास्थ्य शिविर ,फलफूल तथा अन्य वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको थियो ।

यसअघि शनिबार २१ औं निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुुष्कर्ममा सम्लग्न नहुन आग्रह गर्नुभएको थियो ।

Continue Reading

Previous: नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Next: आज ऋषिपञ्चमी पर्व मनाइँदै

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार